ब्याचलर सम्बन्ध,र बिबाह

| २०७८ असार १८ गते १५: २५ मा प्रकाशित

एउटा समय थियो...
बाबा आमा को पालामा !
हुर्के बढेका छोरा छोरी १२ देखि १४ उमेर सम्म छोरी भए पराई घरमा सुम्पिने र छोरा भए घरमा बुहारी भित्र्याउने ..!
जमाना फेरियो, परिस्थिति फेरियो , सोच्न सक्ने क्षमता मा वृद्धि भयो, मानिस हरु बुझ्दै शिक्षित  हुँदै गए..!
पहिला १० बर्ष मै छोरी अन्माउने हरु बिस्तारै १६ अनि १७ बाट पनि माथी उठेर अहिले २१-२२ बर्ष मा बिबाह
गरि दिन थाले...!

पहिला १२ -१३ बर्ष मै बुहारी ल्याउने परिवार बिस्तारै १८-१९ हुँदै अहिले २६-२७ बर्ष उमेर पुगे पछि बुहारी ल्याउन थाले...।
अर्काको घरमा जाने जात भन्दै छोरी लाई धेरै पढाइदैन थियो , छोरा ले पनि अक्षर चिने पछि बाहिर जाने जात भन्दै लाहुर पठाउने चलन थियो,
पहिला खासै माया भन्ने शब्द नै हुने थिएन माया व्यबहार मा उतारिन्थ्यो , पत्नी ले पति को अनुहार सिधै हेर्दैन थिए, बिबाह को धेरै समय बित्तै गए पनि राम्रो सग बोलचाल समेत हुने थिएन,

केटि पक्षका परिवार ले , आफ्नी छोरी बिबाह गरि दिदा उता परिवारका सदस्य थोरै अनि जग्गा जमिन पनि थोरै भएका लाई दिन मन पराउथ्ये, जस्का कारण छोरी ले खेतिपाती धेरै गर्न नपरोस अनि घर परिवार धेरै लाई स्याहार्न नपरोस भन्दै...!
जमाना परिबर्तन हुदै गयो, घर, घर का सदस्य, गाउँ टोल र समाज हुँदै सबै ठाउँ समय को ताल सगै परिबर्तन हुँदै गए,
त्यही समाज मा हुर्किदै गएका नयाँ पुस्ता हामी , बा आमा ले बुझ्ने भन्दा धेरै बुझेका छौ, बा आमा ले गरेर र देखेर जान्नु भयो !हामीले पढेर लेखेर अनि बिश्व समाज हेरेर जान्दै छौ !

बर्तमान समाज मा +2 पड्दै गर्दा छोरिको घर मा केटा पक्ष बाट कुरा गयो भने छोरी को राय बुझिन्छ , उस्लाई ब्याचलर सम्म पढाइन्छ ! अहिले ब्याचलर  उनी हरुको बिबाह सिमा तय गर्ने रेखा जस्तै गरि उभि दिएको छ , कसैले ब्याचलर पुरै सकेर बिबाह गर्ने बताउछन त कसैको यहि बिच मा बिबाह हुन पुग्छ !
उता केटा तर्फ हेर्दा , कि पढाइ मात्र अघि बढाई हिडेको हुन्छ त कि +2 बाट सिधै बाहिर जाने प्रयास मा हुन्छ , देश मै बस्छु र काम गर्छु भन्ने सोच्यो भने उस्को पनि त्यही ब्याचलर गर्दै गर्दा बिहे हुन पुग्छ !

जिन्दगी का पाइला नै मोडि दिने यो ब्याचलरले कति का सम्बन्ध लाई आत्मसात दिन्छ त कति का सम्बन्ध लाई बिचै मा छोडी अरु सम्बन्ध खोज्न बाध्य गराउछ !यहि समस्या र अवसरको जड ब्याचलर।।

लेखक हास्य कलाकार हुन!

प्रतिक्रिया दिनुहोस्