अभिनव चौहानको गजल "किस्ता किस्तामा"

| २०७८ भदौ ५ गते ०६: ५९ मा प्रकाशित
सागर मरासिनी संवाददाता

सागर मरासिनीका अन्य रिपोर्टहरु :

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा जन्मिएका सञ्चारकर्मी तथा गीतकार अभिनव चौहान गीत, गजल,मुक्तकहरु जस्ता सिर्जना गर्न धेरै रुचाउन्छन। उनको सिर्जनामा थुप्रै गीतहरु यतिबेला बजारमा छन्।
 
उनै अभिनव चौहानले लेखेको किस्ता किस्ता नामक गजल पढ्नुहोस् ।

गजल 

न त मागियो महल नत मागियो घर किस्ता किस्तामा।
आफ्नै  झुपडीमा बसियो सकभर किस्ता किस्तामा ।।

संघीयता आएपछि के-के हुन्छ भन्थे हाम्रा  नेताहरु।
तर गरिबलाई जता पनि लगाए कर किस्ता किस्तामा ।।

आफ्नो देशमा काम गरी खाने वातावरण नभएपछि ।
अझै  विदेश जानेको उस्तै छ लहर किस्ता किस्तामा ।।

खै गाउँले हेला गरेर हो कि ? गाउँलाई  हेला गरेर हो?
गाउँबाट बसाइँ सरेर झर्दै छन् शहर किस्ता किस्तामा।।

यस गजलमा विशेषगरी गरिबीको पीडालाई समेट्न खोजिएको छ।गरिबहरु सानोतिनो खुसीमा पनि रमाएर बाचेका हुनेछन्।ऊनीहरुलाई ठुलो महल बनाउने धेरै सम्पत्ति जोड्ने भन्दा पनि आफ्नो इमानदारी बेच्न हुदैन भन्ने हुन्छ।

संघीयता आएपछि धेरै सेवा सुविधा हुन्छ भने पनि जनताका लागि कर बाहेक अरु धेरै कुरा मिलेको छैन।अझै पनि युवा पुस्ताहरु आफ्नो देशमा  गरि खाने वातावरण नभएर विदेशीन बाध्य छन्।ऊनीहरुलाई आफ्नै देशमा गरि खाने वातावरणको विकास गर्न जरुरी रहेको देखाउन खोजिएको छ।

त्यसैगरी गाउँमा भएका जग्गा जमिन त्यसै बाझो छोडेर शहरमा बसाइँसराइ गर्ने अनि आत्मनिर्भर हुनुको साटोमा पर निर्भर  भएको अवस्थालाई चित्रण गर्न खोजेको पाईन्छ।

प्रतिक्रिया दिनुहोस्