मलाई दृढ विश्वास छ: जनक राज पौडेल

| २०७८ पौष २६ गते १४: ४९ मा प्रकाशित

मलाई दृढ विश्वास छ।
      -जनक राज पौडेल


उसले भन्छ,मलाई तिमी
 भुलभुलैयामा छौं
 मैले भन्छु,उसलाई म
 आफ्नो बाटोमा दृढ छु
 म घमण्ड गर्दछु 
साच्चै घमण्ड गर्दछु 
उ  नै भुलभुलैया छ
म सच्चाईको बाटोमा छु

किन कि 

म विगत अध्यान गरेको छु 
 बर्तमानमा उसका चुरीफुरी देखेको छु
तर उ स्विकार्दैन 
आफै लाई सच्चाई ठान्दछ
तर म अझै पनि पर्खि रहने छु 
मेरो घमण्डलाई समयले
 फेल सावित गरोस् 

  म निश्चिन्त छु

प्रतिक्षाको समय ले 
मलाई मुर्ख बनाउने छ
किन कि उसले
समयको रप्तार बुझेको छैन
परिस्थिति सापेक्षतामा
विश्लेषण गर्न सकेको छैन
उ धेरै संकिण बनेको छ
जस्तै सुर्य पुर्व बाट उदाउँदछ
पश्चिम बाट अस्ताउदछ ।
तर बस्तुगत परिस्थिति त्यस्तो हुदैन
सापेक्षताका उपज
परिबर्तन भईरहन्छन्
त्यसैले मेरो दावी छ
 म होईन उ नै भुलभुलैयामा छ।

अभियान उसले छोडेको छ
बाटो उसले नै मोडेको छ
अभियान छोड्ने र बाटो मोड्ने
तर कुरा मिठा र चाँखिला गर्ने
आजकल नौलो लाग्दैन मलाई
मलाई थाहाँ छ मेरो बाटो अप्ठारो छ
हजारौ घुम्तिमोड पार गर्नु पर्दछ 
लाखौ अवरोध तोड्नु पर्नेछ ।

तर मलाई विश्वास छ 
यहि बाटो सत्य छ 
मैले भेट्न नसके पनि 
मेरो सन्ततिको लागि 
यहि बाटोमा सुन्दर भविश्य छ।

त्यसैले मलाई आत्म विश्वास छ
यहि बाटो गौरव छ
म होईन उ भुलभुलैयामा छ
सुन्दर युगभेट्ने हाम्रो अभियान छ
अवश्य भेटिन्छ
यहि विश्वासमा मेरो घमण्ड छ
म होईन उ नै भुलभुलेैयामा छ।

प्रतिक्रिया दिनुहोस्