कसले बनायो जातहरू : गजल नवीन बस्याल

| २०७९ माघ २८ गते १६: १७ मा प्रकाशित

गजल नवीन बस्याल :
कसले बनायो जातहरू 

भोकै भोकमा तड्पिएका ति रातहरु
भोगेको छु मैले दुखै दुखका खातहरू 

यो स्वार्थी दुनियाँमा कसलाई भर गर्नु
ताजा छन् आफन्तले दिएका घातहरु

मान्छेले छोएको मान्छेलाई चल्दैन यहाँ 
खै कसले बनायो ठूला साना जातहरु

पात झरेर मर्दैनन् बोट बिरुवाहरू
बसन्तमा पलाउँछन् नयाँ पातहरू

मनलाई सुन्दर वगैचा बनाएको छु
आउ गरौँ बसेर तिता मीठा बातहरू

प्रतिक्रिया दिनुहोस्