आज २०७९ साल असाेज ५ गते, बुधवार, २१ सेप्टेम्बर २०२२ को राशिफल

| २०७९ असोज ५ गते ००: १० मा प्रकाशित

आज २०७९ साल असाेज ५ गते, बुधवार, २१ सेप्टेम्बर २०२२। आश्विन कृष्णपक्ष एकादशी तिथि। तिष्य नक्षत्र। चन्द्रराशि– कर्कट।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ

फाइदा मात्र हेर्दा आलोचित भइनेछ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। तर दोहोर्याएर प्रयत्न गर्दा काम बनाउन सकिनेछ। हतारको निर्णयले हानि हुन सक्छ, आफ्नो योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। पारिवारिक मतभेद देखिए पनि आमाको माध्यमबाट काम बन्न सक्छ।

वृष - TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिस्थिति अलि संघर्षपूर्ण रहला। चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्। ईर्ष्या गर्नेहरूले सताए पनि अन्त्यमा परिस्थितिले आफ्नै पक्ष लिन सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने आस मारेको नतिजा सकारात्मक हुने देखिन्छ।

मिथुन - GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह

बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ।

कर्कट - CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो

रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। विभिन्न अवसरले पछ्याए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। खानपानको असावधानीले स्वास्थ्य कमजोर रहला। शक्तिका लागि धाउनेहरूबाट सजग रहनुपर्ला। सरकारी कामकाजमा अलमल हुन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ। शुभचिन्तकहरूको राय लिएर अघि बढ्नुहोला।

सिंह - LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे

व्यवसायमा लगानी बढाउनुपरे पनि लागेको मूल्य उठाउन सकिनेछ। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ। लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। कामको लागत बढ्न सक्छ। तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्न सक्छ।

कन्या - VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आम्दानीले उत्साह जगाउनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। सञ्चित धनको उपयोगबाट फाइदा हुनेछ। रकम हातलागी भए पनि ऋणभार भने बढ्ने सम्भावना छ। सरसापटमा पनि धन बाहिरिन सक्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ। लगानी धेरै लागे पनि कम प्रतिफल पाइनेछ।

तुला - LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते

आफ्ना कमजोरी बाहिरिनाले समस्या पर्ला। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। नियमित कामलाई निरन्तरता दिन सकिनेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ। चुनौतीपूर्ण कामकाे जिम्मेवारी वहन गर्नुपर्ला। नयाँ योजनातर्फ लगानीमा जाेखिम बढ्नेछ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्।

वृश्चिक - SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु

मिहिनेत गर्दा समयमै काम बनाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। अध्यात्मभाव जागृत हुनुका साथै परोपकारी काम सम्पादन हुनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरूको साथ जुट्नेछ।

धनु - SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थै झमेलामा परिनेछ। कामका लागि निकै दौडधुप गर्नुपर्ला। स्वास्थ्यका लागि आहार–विहारमा सजग रहनुपर्नेछ। व्यस्तता बढ्नेछ, स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ। सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन्। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला।

मकर - CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि

समय लागे पनि काम बन्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। भौतिक साधन जुट्नेछन्। व्यापारमा आम्दानी बढाउन सकिनेछ।

कुम्भ - AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द

ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। बलजफ्ती गर्ने बानीले चुनौती निम्त्याउला। परिस्थितिले आकस्मिक खर्च बढाउनेछ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिएलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। लगानीमा जाेखिम बढ्नेछ।

मीन - PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला। अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ। सहयोगीहरू पछि हट्नाले नयाँ काम गर्न समस्या पर्नेछ। व्याहारिक अलमलले आँटेका काममा पनि बाधा पुर्याउनेछ। अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ। गुरुजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पर्नेछ। समयकाे सदुपयोग गर्न नसकिएला।स्रोत - नेपाली पात्रो 

प्रतिक्रिया दिनुहोस्