आज २०७९ साल पुस २ गते, शनिवार, १७ डिसेम्बर २०२२ को राशिफल

| २०७९ पौष २ गते ००: २७ मा प्रकाशित

आज २०७९ साल पुस २ गते, शनिवार, १७ डिसेम्बर २०२२। पाैष कृष्णपक्ष नवमी तिथि। हस्त नक्षत्र। चन्द्रराशि– कन्या।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ। पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ।

वृष - TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अवसर र व्यवधानको उतारचढावबाट न्यून प्रतिफल हातपार्न सफल भइनेछ। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुनेछ र लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला।

मिथुन - GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह

निर्णय लिएर पनि परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ। पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ।

कर्कट - CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो

नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। सहयोगीहरू जुट्नाले काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।

सिंह - LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आत्मविश्वासको कमीले पछि परिएला। नियमविपरीत बलजफ्ती काम गर्दा समस्यामा परिनेछ। खर्च हुने डरले पनि सताउन सक्छ। वादविवादले व्यर्थैमा मानहानि गराउनेछ। ईर्ष्या गर्नेहरूबाट जोगिएर अघि बढ्नुहोला। अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ। ईर्ष्या गर्नेहरूले पनि काममा अवरोध पुर्याउन सक्छन्।

कन्या - VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो

रमाइलाे भेटघाट भए पनि आफन्तसँग सुमधुर सम्बन्धका लागि सजग रहनुपर्ला। स्वास्थ्यमा पनि माैसमी समस्याले सताउन सक्छ। नयाँ कामको प्रस्ताव आए पनि आलस्य गर्ने बानीले लक्ष्यमा पुग्न विलम्ब हुनेछ। आतिथ्य, प्रतिष्ठा एवं लोकाचारले फजुल खर्च बढाउन सक्छ। आजको श्रमबाट पछिलाई लाभ हुनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।

तुला - LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते

बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। अर्थअभावले विशेष काम रोकिन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। गरेका कामबाट तत्काल फाइदा नहुन सक्छ। तापनि आर्थिक समस्या सुल्झाउन सकिनेछ। सरसापटमा गएको रकम हातलागी हुनेछ। केही खर्च लागे पनि यात्राकाे साइत जुर्न सक्छ। टाढाका साथीभाइ नजिकिनेछन्।

वृश्चिक - SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु

आँटले काम बन्नेछ र श्रमको उचित मूल्य प्राप्त हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन्। आवश्यक भौतिक साधन जुट्नेछन्। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मनग्य धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिलाे हुनेछ। तारिफयाेग्य कामले मानसम्मान पनि दिलाउनेछ।

धनु - SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

परिस्थितिवश केही समस्यामा अल्झनुपर्ला। इच्छाविपरीत अरूको करकापमा काम गर्न बाध्य भइनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। आँटेकाे काम राेकिन सक्छ। तापनि साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। भौतिक साधनहरू प्राप्त हुनेछन्। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ।

मकर - CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम र इनाम प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ।

कुम्भ - AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द

अस्वस्थताले कमजोर अनुभूति हुनेछ। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपरे पनि समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। खर्च र समय लागे पनि मिहिनेत गर्दा पुन: काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

मीन - PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि

काममा अरूको मुख ताक्नाले पछि परिनेछ। आँटले काम लिन नसकिएला। व्यर्थ विवादले शुभचिन्तकहरू टाढिन सक्छन्। आफ्नै व्यवहारप्रति पछुताे लाग्न सक्छ। अरूको विषयमा चासो राख्दा व्यर्थैमा दु:ख पाइनेछ। आलोचकहरूलाई व्यवहारले समेट्नुपर्ला। समय लागे पनि प्रयत्न गर्दा विगतका कमजाेरी सच्याउन सकिनेछ। सावधानीले फाइदा उठाउन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्