आज २०७९ साल पुस ६ गते, बुधवार, २१ डिसेम्बर २०२२ को राशिफल

| २०७९ पौष ६ गते ००: १८ मा प्रकाशित

आज २०७९ साल पुस ६ गते, बुधवार, २१ डिसेम्बर २०२२। पाैष कृष्णपक्ष त्रयाेदशी तिथि। अनुराधा नक्षत्र। चन्द्रराशि– वृश्चिक।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। तर परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। सामान्य कामकै लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य कमजाेर रहनेछ, आहारविहारमा सजग रहनुहोला।

वृष - TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मिहिनेत गर्दा छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने विशेष उपहारले काममा उत्साह जगाउनेछ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। तर आत्मीय सम्बन्ध बिग्रनाले दु:ख पाइनेछ। वादविवादबाट टाढा रहनु बुद्धिमानी हुनेछ।

मिथुन - GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह

समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। हतारमा निर्णय लिने बानीले काम दोहोर्याउनुपर्ने हुन सक्छ। घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। भोग–विलास र सुख–सुविधाका लागि केही खर्च बढ्न सक्छ। केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ला। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्च हुनेछ।

कर्कट - CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो

परिस्थितिवश चिताएको काम रोकिन सक्छ। कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। धैर्य एवं लगनशीलताले उपलब्धि दिलाउनेछ। व्यवसायमा फाइदा हुनेछ। सन्तानको साथले उत्साह जगाउनेछ।

सिंह - LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे

निर्णय लिएर पनि परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ। मनोरञ्जनका लागि समय र धन खर्च हुन सक्छ। साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्छ। बेसुरमा आश्वासन दिने बानीले पनि दुःख पाइनेछ। तत्काल योजना सार्वजनिक नगर्नुहोला। आफन्त रिसाउने तथा काम बिग्रने डरले सताउनेछ। दीर्घकालीन योजनामा निर्णय लिन हतार नगर्नुहोला।

कन्या - VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो

नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेत गर्दा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

तुला - LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्यामा परिनेछ।

वृश्चिक - SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

धनु - SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

चिताएका काममा व्यवधान हुनेछ। आकस्मिक समस्याले खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। समयमा शुभचिन्तकहरूलाई बेवास्ता गर्नाले पनि दु:ख पाइनेछ।

मकर - CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आयस्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कृषि तथा पशुपालनबाट लाभ हुनेछ।

कुम्भ - AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द

कामको मेसो नमिल्दा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। लक्ष्यमा पुग्न समय लाग्नेछ। मेहनतको फल अरूलाई सुम्पनुपर्ने हुन सक्छ।

मीन - PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि

परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समयअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। केही बाध्यात्मक परिस्थितिले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

प्रतिक्रिया दिनुहोस्