आज २०७९ साल माघ ७ गते, शनिवार, २१ जनवरी २०२३ को राशिफल

| २०७९ माघ ७ गते ०१: ११ मा प्रकाशित

आज २०७९ साल माघ ७ गते, शनिवार, २१ जनवरी २०२३। माघ कृष्णपक्ष औंसी तिथि। पूर्वाषाढा नक्षत्र, ९ः२८ बजेदेखि उत्तराषाढा। चन्द्रराशि– धनु १५ः०४ बजेदेखि मकर। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ

परिस्थितिवश विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा थकान महसुस हुनेछ। अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। साँझतिर सामाजिक दायित्व हातलागी हुनेछ। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य पनि हुन सक्छ। लाभांशमा भने अरूले समेत दाबी गर्न सक्छन्।

वृष - TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

स्वास्थ्य कमजाेर रहने समय छ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला। कामको चाप बढे पनि सानोतिनो समस्यामाले अल्झाउन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

मिथुन - GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। साँझदेखि विवादास्पद कामकाे जिम्मेवारी वहन गर्नुपर्ला। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

कर्कट - CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। साँझदेखि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। मिहिनेत गर्दा राम्राे उपलब्धि प्राप्त हुनेछ।

सिंह - LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कामको मेसो नमिल्दा केही अलमल हुनेछ। छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। साँझतिर स्थितिमा सुधार आउनेछ र साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। मनग्य धनलाभ हुनेछ।

कन्या - VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। साँझतिर स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको मेसो नमिल्दा केही अलमल पनि हुनेछ।

तुला - LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते

सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। साँझदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ। आफन्त टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूको मुख ताक्ने बानीले काम राेकिन सक्छ।

वृश्चिक - SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु

अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। मिहिनेतीहरूलाई सामान्य फाइदा भइरहनेछ। साँझतिर विवादास्पद कामकाे जिम्मेवारी वहन गर्नुपर्ला। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्दा दु:ख पाइनेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ।

धनु - SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

ज्ञान, कला र व्यक्तित्वमा निखारता आउनाले पुरुषार्थी काम गर्ने समय छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। तर अरूको भरपर्दा काम बिग्रन सक्छ। आगन्तुकले अलमल्याउन सक्छन्। साँझतिर परिस्थिति अलि संघर्षपूर्ण रहन सक्छ। अरूको विश्वास गर्ने बानीले समस्या निम्त्याउला। विवादास्पद कामकाे जिम्मेवारीले नाेक्सान पुर्याउनेछ।

मकर - CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि

भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभाव देखापर्नेछ। काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साँझतिर नयाँ योजना थाल्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ।

कुम्भ - AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ।

मीन - PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रयत्न गरेको काम छिटै पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्तिद्वारा महत्त्वाकांक्षी कार्य प्रारम्भ होला। साथ दिनेहरू बढ्नेछन् भने मान–सम्मान प्राप्त हुनेछ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ। नयाँ कामकाे अवसर समेत प्राप्त हुनेछ। साँझदेखि उठ्नुपर्ने रकम हातलागी हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ।

प्रतिक्रिया दिनुहोस्