भलाडाँडाको ओरालोमा सचेतना मुलक होडिङ वोर्ड राखियो

| २०७९ चैत १८ गते २२: २२ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क।अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क देखि  प्युठान जोड्ने  सडकमा बारम्बार सवारी दुर्घटना भएकोले उक्त क्षेत्रको पहिचान गरी सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय  अर्घाखाँचीले स. न.पा. - २ र ८ को सिमाना नीर  सचेतना मुलक होडिङ वोर्ड  राखेको छ।   

 सचेतना मुलक होडिङ वोर्ड

 

पछिल्लो समयमा अर्घाखाँची जिल्लामा विभिन्न किसिमका दुर्घटनाहरु पटक- पटक घटेको पाइन्छ ।

 सचेतना मुलक होडिङ वोर्ड

बाहिरी जिल्लाबाट यहाँ आउने गाडीहरूका लागि दुर्घटना ग्रस्त  क्षेत्रमा साङ्केतिक बोर्ड राखी सचेत गराउने कार्य गरी सकेपछि केही रुपमा दुर्घटना न्यूनीकरण गर्न सकिन्छ भन्ने उद्देश्यका साथ जिल्ला ट्राफिक कार्यालयका प्रमुख श्री हरी बहादुर के. सी को टोलीले आज सोही ठाउँमा ट्राफिक व्यवस्थापनको लागि जिल्लाको सन्धिखर्क- गोरीसिङ्गे सडक खण्डको सितापुर, ठाडा, घुम्टी, नरपानी जस्तै विभिन्न स्थलमा होडिङ बोर्ड राख्दै आएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्