मालारानी-४ का वडाअध्यक्षलाई भ्रष्टाचारको आरोप लागेको विषयमा जिल्ला प्रशासन उदासिन

| २०७८ भदौ १५ गते १५: २३ मा प्रकाशित

रबि पोख्रेल। जिल्लाको मालारानी गाउँपालिका वार्ड  नम्बर–४ खनका वडाअध्यक्षले गरेको भ्रष्टाचारका विषयमा जिल्ला प्रशासन कार्यालय उदासिन देखिएको छ । 

वडाअध्यक्षले झन्डै १० लाख अनियमिता गरेको कुरा सार्वजनिक भएको १ महिना भन्दा धेरै समय बितिसक्दा पनि नियामक निकाय (जिल्ला प्रशासन कार्यालय) ले छानबिनमा ढिलासुस्ती गरिरहेको हो । साउनको पहिलो सातादेखी नै सामाजिक सञ्जालमा कुराहरु उठेपनी साउनको दोस्रो साता प्रशासन कार्यालयले चाँसो देखाएको थियो । अनुसन्धान गर्न थालेको १ महिना बितिसक्दा पनि कार्यप्रगती देखिएको छैन । मालारानी–४ का वडाअध्यक्ष विष्णुप्रसाद पोख्रेलले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा व्यापक अनियमितता गरेको आरोप छ । यस विषयमा प्रशासन कार्यालयले छानबिन गरिरहेको भएपनी आर्थिक अनियमितता (भ्रष्टाचार) का दोषीविरुद्ध कारबाहीमा ढिलासुस्ती भएको देखिएको छ । 

छानबिनमा ढिलाई गरेको पिडितहरुको गुनासो छ । ‘भ्रष्टाचार गर्नेलाई कारवाही नगरी उन्मुक्ति दिईन्छ कि भन्ने चिन्ता छ, स्थानिय विकास खनालले भने,‘यस्ता विषयहरुमा कारवाही भएको खासै देखिएको छैन, ढिलाई हुँदा संका उब्जेको छ ।’ सोही वडाका युवा कमल विश्वकर्मा पनी निष्पक्ष हुनेमा सशंकित छन् । ‘गल्ती ढाकछोपको प्रयास हुन सक्छ,उनले भने,‘छानबिन नगर्न केन्द्रिय नेताहरुको दवाब छ भन्ने सुनेको छु ।’ यथाशिघ्र सत्यतथ्य बाहिर ल्याउनुपर्ने उनीहरुको माग छ।
वडाअध्यक्ष पोख्रेलले हालसम्म सुचना उपलब्ध गराएका छैनन् । स्थानिय युवाहरुले लिखित सुचना माग गरेको १५ दिन भईसक्दा समेत सुचना उपलब्ध नगराएको गुनासो गरेका छन् । पालिकासंग सम्झौता भएको भन्दा तेब्बर बढीलाई काममा लगाएर दिनुपर्ने पारिश्रमिक नदिएको भन्दै श्रमिकबाट गुनासो आएपछी कुरा बाहिरिएको हो । वडा भित्र रहेका १ सय १० जनालाई न्युनतम एक सय दिनको रोजगार दिने पालिकासंग सम्झौता भएपनि वडा कार्यालयले नियम विपरित तीन गुणा बढीलाई काममा लगाएको थियो । यता वडाअध्यक्षले भ्रष्टाचार गरेको कुरा अस्विकार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्