काङ्ग्रेस मलारानी खन वार्ड कमिटि सभापतिमा खनाल निर्वाचित

| २०७८ भदौ १८ गते १९: २४ मा प्रकाशित

रबि पोख्रेल मालारानी,खन। नेपाली काङ्ग्रेस १४ औं वार्ड अधिवेशन आज देशका ५८ जिल्लामा संचालन गरिरहेको छ । यस्तै अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका वार्ड नम्बर ४ खनमा १४ औ वार्ड अधिवेशन सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस मालारानी गाउँपालिका वडा नम्वर ४ खनको वार्ड अधिवेशन सर्व सम्मत सम्पन्न भएको हो । अधिवेशनले सर्व सम्मत कार्य समिती चयन गरेको छ । 

सभापतिमा शोभाखर खनाल निर्वाचित हुनु भएको छ । यस्तै उपसभापतिमा बिनिराम पोख्रेल, जुद्द खनाल चयन भएका छन । सचिवमा त्रिबेन्द्र सेजवाल, भोजराज पोख्रेल, सहसचिवमा दीपक रिजाल, श्रीजना रिजाल निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा यम बहादुर खत्री, अम्बिका खनाल, ज्ञान प्रसाद खनाल, देवका पोख्रेल, देविराम पोख्रेल, बिष्णुदेवि पोख्रेल, लक्ष्मी पोख्रेल, रविलाल खत्री, कमल सुनार, हुम प्रसाद घिमिरे, उजेला बिक, धर्मागत खनाल, गिता रिजाल, बिष्णु पोख्रेल, मन्जु पान्डे, भेष बहादुर खनाल, हेमराज खनाल निर्वाचित भएका छन् ।

यस्तै अधिवेशनले निर्वाचन बुथ कमिटी समेत चयन गरेको छ । किरण माबी निर्वाचन बुथ केन्द्रमा तिलक खनाललाई संयोजक बनाएको छ भने कालिका नेरा माबी निर्वाचन बुथ केन्द्रमा अर्जुन पोख्रेललाई संयोजक बनाएको छ । 

यस्तै ३५ जना क्षेत्रीय प्रतिनिधि पनि सर्व सम्मत चयन गरेको महाधिवेशन प्रतिनिधि कृष्ण प्रसाद खनालले जानकारी दिनुभयो । निर्वाचन सौहाद्रपुर्ण वातावरणमा सम्पन्न भएको उहाँले बताउनुभयो । 

यसैबिच नवनिर्वाचित वार्ड सभापति शोभाखर खनालले खनको काङ्ग्रेसलाई एकढिक्का बनाएर लैजाने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्