जनता समाजवादी पार्टी अर्घाखाँची द्वारा मालारानीको बाँगीमा शोक सभा सम्पन्न

| २०७८ मंसिर २८ गते १९: १७ मा प्रकाशित

 गुरुदेब खनाल,सन्धिखर्क।  अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका ५ बाँगी निवासी तथा जनता समाज वादी पार्टी नेपालका सघिय परिषद सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष जिन्दक खड्काको  बुवा रूद्र बहादुर खड्काकाे नवै पुन्य तिथिको दिन जनता समाजवादी पार्टी नेपाल अर्घाखाँचीले शाेक सभा सम्पन्न गरेको छ ।                                

शोकसभामा बोल्दै   जसपा   केन्द्रीय सल्लाहकार समिति अध्यक्ष ” बिष्णुहरि शर्माले मान्छे जन्मनु र मर्नु स्वभाविक हाे, तर उसले मर्नु अघि समाजलाई के दियर गयाे त भन्ने कुरा मुख्य रहेको भन्दै मृतक रुद्र बहादुर खडकाले नेपालको राजनैतिक व्यवस्था परिवर्तनमा अतुलनीय भुमिका खेल्नु भएको र वहाँ जहिले अम्मर रहने कुरा बताउनु भएको थियो ।”

पार्टीले रुद्र बहादुर खड्काको फोटोमा श्रद्धाञ्जलीका शब्द सहितको फोटो फ्रेम पनि खड्का परिवारलाई हस्तान्तरण गरेको हो ।

पार्टी जिल्ला उपाध्यक्ष टुक बहादुर चेवाली  अध्यक्ष रहेको शोक सभामा जसपा केन्द्रीय सल्लाहकार समिति अध्यक्ष विष्णुहरि शर्मा ,प्रदेश सह इन्चार्ज कमल खनाल,प्रदेश मुख्य सचिव यज्ञ पाेख्रेल ,केन्द्रीय सदस्यहरू राजु नेपाली ,खिम बहादुर वि क ,छन्द पन्थि गाेकर्ण थापाको उपस्थिति रहेको थियो ।

प्रदेश सरकारको तर्फबाट लुम्बिनी प्रदेश श्रम यातायात तथा राेजगार मन्त्री पुर्मति ढेङ्गा मगरको पनि उपस्थिती रहेको थियो  । त्यसैगरि नेकपा(एस) जिल्ला अध्यक्ष राम बहादुर चाैहान लगायत विभिन्न दलका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

साथै  कार्यक्रममा समाजवादी विद्यार्थी युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष सन्तोष भुसाल र जिल्ला संयाेजक रमेश खनाल लगायतको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा जसपा अर्घाखाँची जिल्ला सचीव जितबहादुर दर्लामीको संचालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्