मालारानीका अध्यक्ष भट्टराई द्वारा पालिकाबासीलाई हाबाहुरीले पुर्‍याएको क्षतिको बिबरण उपलब्ध गराउँन आग्रह

| २०७९ जेठ ११ गते १२: ०३ मा प्रकाशित

सन्जु रबि पोख्रेल। मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले ज्येष्ठ ६ गतेको हाबाहुरीले पुराएको क्षतिको बिबरण वडा कार्यालयमा जानकारी गराउन पालिकाबासीलाई आग्रह गर्नु भएको छ । वडा कार्यालयले प्रहरी चौकि संग समन्वय गरि क्षतिभएको बिबरणको सर्जिबनी मुचुलका सहित वडाबाट पालिकामा पठाउन ९ वडाहरुलाई आग्रह गरिएको भट्टराई  बताउनु भयो ।

  बिपतको सामना सबै मिलेर गर्नु पर्ने भन्दै क्षतिको यर्थात बिबरण संकलन गर्न सबैले सहयोग गर्नु पर्ने अध्यक्ष भट्टराई  बताउनु भयो ।‘पालिकाबासीहरुलाई सहज होस भनेर ९ वटै वडामा रहेका जनप्रतिनिधीहरुले नेपाल प्रहरी संग समन्वय गरि स्थलगत रुपमा क्षतिको बिबरण एकिन गरि यथाशिघ्र पालिकामा पठाउन भनेका छौ । पालिकाबाट गर्न सक्ने सहयोग हामि बिपत व्यबस्थापनको कार्यबिधी अनुसार तत्काल उपलब्ध गराउने छौ । ’ 

बैशाख ६ गते आएको हाबाहुरीले घर तथा बिद्यालयहरुका छाना उडाएको छ । भने किसानहरुका टनेलहरु उडाएर क्षति पुराएको छ । यसै बिच मगंलबार मालारानी गाउँपालिकामा अभिभावक गुमाएका पालिका भित्रका ३ जना बिद्यार्थीलाई पालिका अध्यक्ष दलबहादु भट्टराई  र उपाध्यक्ष दिपा पोख्रेलले  आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको छ । सिद्धार्थ सहयोगी संस्थाको समन्वयमा सहयोग रकम हस्तान्तरण गरिएको संस्थाकी कर्मचारी कल्पना नेपालीले जानकारी दिनु भयो । मालरानी गाउँपालिका भित्र अहिले सम्म ५ जना बिद्यार्थीलाई सहयोग रकम हस्तान्तरण गरिएको नेपालीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्