लिङ्गेपिङ को रिवन काटेर उद्घाटन गरेपछि मालारानी गाउँपालिका प्रमुख सामाजिक संजालमा ट्रोलका पात्र बन्न पुगे

| २०७९ असोज १५ गते १६: ०७ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाका प्रमुख दलबहादुर भट्टराई लिङ्गेपिङ को रिवन काटेर उद्घाटन गरेपछि आलोचित बनेका छन्। 

असोज १४ गते मालारानी गाउँपालिकाको ईलाका प्रहरी कार्यालय खन परिसरमा बनाइएको लिङ्गेपिङको गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईले रिवन काटी उद्घाटन गरेका थिए ,उद्घाटन पछि उनि लिङ्गेपिङ पनि खेलेको दृश्यमा देख्न सकिन्छ। 

गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई

तर लिङ्गेपिङको उद्घाटन पछि भट्टराई यति बेला सामाजिक संजालमा आलोचित हुँदै ट्रोलका पात्र बनेका छन्। कसैले भट्टराईको खुलेरै "कहि नभएको जात्रा हाम्रो मालारानीमा अरु काम केही छैन यही एउटा काम सुन्न पाइयो ४ महिने कार्यकालमा "बाट्नला पालिकाबाट बजेट छुट्यायर हाेला रिबन काट्न पुग्नु भयकाे लाजकाे पसाराे कर्मचारिकाे तलब खुवाउन नसक्नेले केकाे फुर्ति आफुले भष्टचार गरे भैगाे अरुकाे के मतलब सबै कर्मचारी तपाईंको प्रिय पात्र हरि पाण्डे जस्ता धनिछैन्न भन्दै आलोचना गरेका छन् भने कसैले लिङ्गे पिङको संरक्षण र प्रवर्धन गर्नु बिनास होइन बिकास नै हो । सामाजिक सद्भाव, सहिष्णुता र साँस्कृतिक जगेर्ना गर्नु स्थानिय जनप्रतिनिधिको जिम्मेवारी नै हो,लाेपाेन्मुख संस्कृतिलाई जगेर्नाकाे लागि पहल गरेकाेमा इलाका प्रहरी कार्यालय खनलाइ हार्दिक धन्यवाद, मालारानी लिंगेपिङ सन्दर्भ :बिगत केही वर्ष पहिला तीज र दशैंकाे बेला गाउँका युवाहरू जम्मा भएर बाबियाे खाेजी खाेजी पिङ बनाउने र खेल्न परम्परा रहि आएकाे साथै वर्षको एकपटक जमिन टेक्न छाेड्नु पर्छ भन्ने मान्यता रहेकाे थियाे । तर पछिल्लो समय बाबियाे खाेजेर पिङ बनाएर खेल्ने चलन प्राय: लाेप हुन थालेकाे छ । परम्परा एवं लाेपाेन्मुख संस्कृति संरक्षणका लागि ईलाका प्रहरी कार्यालय खनले इ.प्र.का. परिसरमा अाफ्नै लगानी र परिश्रमबाट लिंगेपिङ निर्माण गरि नयाँ पुस्तालाइ पिङकाे बारेमा ज्ञान एवं अनुभव दिन खाेज्नु सराहनीय छ । उक्त पिङ हेर्न र खेल्न जाँदा अप्रत्यासित रुपमा रिबन सहित उद्घाटनकै तयारी भएकाे हुँदा अस्वीकार गर्ने अवस्था नभएकोले पालिका अध्यक्षले रिबन काटेर पिङ खेल्नुभएकाे हाे । यसमा कुनै अार्थिक लगानी र ५ मिनेट भन्दा बढी समय लगानी समेत नभएकाे हुँदा अनाबश्यक र मनाेगत तर्क गरी सामाजिक सञ्जालमा अतिरञ्जित नगर्न नगराउनुहुन अनुराेध छ । लाेपाेन्मुख संस्कृतिलाई जगेर्नाकाे लागि पहल गरेकाेमा इलाका प्रहरी कार्यालय खनलाइ हार्दिक धन्यवाद। भन्दै खुलेरै प्रसंसा गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्