अर्घाखाँचीमा आफुलाई बामपन्थी,कम्युनिष्ट भन्नेहरु कांग्रेसको पुच्छर समातेहरु हिडे

| २०७९ कार्तिक २२ गते १७: ०० मा प्रकाशित

रबि पोख्रेल ,अर्घाखाँची। नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको तर्फ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेता टाेपबहादुर रायमाझीले अर्घाखाँचीमा आफुलाई बामपन्थी,कम्युनिष्ट भन्नेहरु नेपाली कांग्रेसको नेतृत्वमा पुच्छर समातेहरु हिडेको आ'रो'प लगाएका छन्। 

नेता रायमाझीले कांग्रेसको नेतृत्व मा बिकास र समृद्वी पनि नहुने,समाजवादमा पनि नपुगिने आफ्नो मन्तव्यमा बताए।पुंजी बाद ले गरिब धनीको दुरी लाई बढाउँदै जान्छ धनि अझै धनि हुँदै जाने गरिब अझै गरिब बन्दै जाने जसको नेतृत्व नेपाली कांग्रेसले गरेको बताए। साथै  कम्युनिष्ट पार्टी एमालेले धनि र गरिबको दुरीलाई घटाउँदै लगेर गरिब लाई धनि बनाउँने काम गर्ने बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्