नेकपा एमाले बाँगीको घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न

| २०७९ कार्तिक २६ गते २३: २६ मा प्रकाशित

पुजा कुँवर ,हरि कुँवर, अर्घाखाँची।नेकपा एमाले बाँगीले घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । 

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरूको पक्षमा भोट माग्न घरदैलो तथा भेटघाट  अभियान संचालन गरेका हुन । 

सागर खड्का मुनाल महत को नेतृत्वमा दोस्रो दिन सनिवार  मालारानी गाउँपालिका वडा नम्बर  ५  बाँगीको कोखा,बाउनडाँडा पोखेडाँडा, गोबदी, कुजेरीमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको नेकपा एमाले बाँगीले जानकारी दिएको हो ।  

निर्वाचन आचारसंहितामा कसैको निजी घर–जग्गा वा सार्वजनिक भवन, सार्वजनिक सडकको पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न नहुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्