मालारानीमा टोपबहादुरको अग्रता

| २०७९ मंसिर ५ गते १९: ०० मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।अर्घाखाँचीमा प्रतिनिधि सभातर्फकाे मतगणनामा एमालेका उम्मेदवार टाेपबहादुर रायमाझीले सुरुवाती अग्रता कायम गरेका छन्।

मालारानी गाउँपालिका वडा नम्बर ३ आदर्श मा. वि. खनदह केन्द्र(क ) (ख) किरण मा वि खन मालारानी वडा नम्बर ४
 सिद्वार्थ मा वि  मालारानी ६ को २ हजार ६९ मतगणना गर्दा एमाले सचिव तथा पुर्व मन्त्री रायमाझीले १ हजार १ सय ८६ मत प्राप्त गरेका छन्। भने उनको प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी पुष्पा भुसाल गौतमले ७ सय ४७ मत प्राप्त गरेकी हुन । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिप्रसाद भुसालले पनि ६४ मत प्राप्त गरेका छ्न । भुसालले अर्घाखाँचीमा संतोषजनक मत ल्याउने उनका शुभचिन्तकले अनुमान गरेको बताएका छ्न ।

प्रतिक्रिया दिनुहोस्