बाँगीका मृगौला पीडित बालक लाई बचाउँन सहयोग जुटाई दिन परिवारको अपिल

| २०७९ मंसिर २६ गते १६: २९ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची । मृगौला रोगले पीडित बालक लाई  बचाउँन परिवारले अपिल गरेको छ । 

अर्घाखाँची जिल्ला मालारानी- ५ बाँगी निवासी गुमान बहादुर चौहानका छोरा मृगौला रोगको संक्रमणबाट पीडित भएपछि सहयोग जुटाई दिन परिवारले आग्रह गरेको छ । १४ वर्षीया विनोद चौहानको मृगौलाले काम गर्न नसक्नेभएपछि उनका परिवारले आर्थिक सहयोग जुटाई दिन सबैसँग आग्रह गरेका हुन् ।

गुनमान रोजगारीको शिलशिलामा भारतमा विगत  ७-८ बर्ष देखि बेपत्ता रहेकोले परिवारको आर्थिक अवस्था कम्जोर भएपछि जीवन निर्वाह गर्न नसक्दा परिवारलाई दुईछाक टार्न सम्म समस्या देखिएको परिवारश्रोतले बताएको छ । हाल कान्तिबाल अस्पताल काठमाडौंमा उपचाररत छन् । डाक्टरका अनुसार उपचार चलिरहेको र खर्च धेरै लाग्ने संभावना रहेको बताएका हुन । 

मृगौला प्रत्यारोपण गर्नका लागि करिब २०/२२ लाख रुपैयाँ लाग्ने भन्दै सहयोगमा जुट्न उदीयमान जनजागृति क्लब बाँगीले आग्रह गरेको छ ।

सहयोगको लागी : 
Nanda Kumari Chauhan मेघा बैंकको खाता नम्बर 3090050025005

प्रतिक्रिया दिनुहोस्