बजेट सदुपयोग कि दुरुपयोग ?

| २०७९ पौष १७ गते २०: २५ मा प्रकाशित

एकराज मरासिनी (अर्घाखाँची बुलेटिन)मालारानी गाउँपालिका वार्ड न ७ मा एउटा यस्तो भवन बनाईएको छ जस्को भवन को निर्माण खर्च भन्दा दोब्बर खर्च को पर्खाल उठाएर भवन लाई अडयाईएको छ।नेपाल मा बिकाश के का लागि गरिन्छ?ईन्जिनियरहरुले जग्गा /घडेरी हेर्दा के को आधार मा हेर्छ्न ?जनश्रमदान सहित १० लाख को भवन लाई २० लाख को पर्खाल ले अड्याउनु पर्छ भने त्यो बजेट को सदुपयोग भयो कि दुरुपयोग ? फोटोमा देखाईएको दृश्य मालारानी गाउपालिका वाड न ७ मा रहेको स्मार्ट कृषि घर को भवन हो यो भवन गत साल बनेको हो । बनाउदा बनाउदै पहिरो को जोखिम मा थियो बनाउदा को बर्श नै पहिरोले तान्यो पर्खाल जरुरी थियो तर त्यो पर्खाल नलगाउन पर्ने गरि ठाउँ छनोट गरेको भयेदेखी त त्यो २० लाख को पर्खाल अरु ठाउमा लगाउदा त राम्रै हुने थियो।

बिकाश गर्नु राम्रो कुरा हो बिकास पहुच को आधारमा हुनु दुख को कुरा हो कतै  बर्शौ देखि झुन्डिएको घर मा पर्खाल छैन कतै अनावश्यक ठाउँ मा पर्खाल लगाउनु पर्ने गरि सरकारी भवन निर्माण गर्दा यस्ता काम मा ठूलो रकम दुरुपयोग भयेको छ।ठाउको छनोट मा ईन्जिनियरहरुले के को आधार मा स्वीकृत गर्छ्न के जनप्रतिनिधि हरुलाई यो ठाउँ पहिरोको जोखिम छ भन्ने नि हेक्का रहदैन !

प्रतिक्रिया दिनुहोस्