नेपाली काङ्ग्रेस मालारानीले बुझायो सार्वजनिक पदमा रहेका कर्मचारीलाई आफ्नो तर्फबाट राजनैतिक पदबाट सामुहिक राजिनामा

| २०८० जेठ ८ गते १७: २६ मा प्रकाशित

रबि पोख्रेल,अर्घाखाँची। काङ्ग्रेसमा आबद्ध नेपाल सरकारको कर्मचारीको रूपमा रहेका कर्मचारीहरुले पार्टीलाई बुझाएको राजिनामा पत्र नेपाली  काङ्ग्रेस मालारानी गाउँपालिकाका पार्टी सभापति शोभाखर खनाल आफुले स्वीकार( सदर) गरि प्रमुख प्रशासकिय अधिकृत ज्युलाइ पालिका भित्र काङ्ग्रेसमा आस्थावान जुनसुकै तहमा रहेका कर्मचारीहरु अब नेपाल सरकारको सार्वजनिक पदमा रहेसम्म पार्टीको कुनैपनि पद तथा पदाधिकारीमा रहन नदिने प्रतिबद्धता समेत जायर गर्दै उक्त सामुहिक राजिनामा पत्र नेपाल तरुणदल मालारानी अध्यक्ष लीलामणि पोखरेल र तरुणदल पुर्व महाधिवेशन प्रतिनिधि राजेन्द्र सुनार संगै पालिका कार्यलय पुगि बुझाएका हुन। 

मालारानी गाउँपालिकाले पालिका भित्र रहेका कर्मचारी हरुलाइ राजनीति नगर्न अनुरोध गर्दै बिज्ञप्ति जारी गरे लघत्तै आफ्नो पार्टीको मिटिङ बोलाइ पार्टीमा रहेर कर्मचारी भएका सबैलाई कडा निर्देशन गरि तत्काल राजीनामा मागेको थियो।

यश संगै मालारानीमा कर्मचारीको सामुहिक राजीनामा पेस गर्ने  काङ्ग्रेस पहिलो पार्टी भएको हो। 

प्रतिक्रिया दिनुहोस्