श्री देउराली सामुदायिक वन उपभोक्ता समुह मालारानीद्वारा तिज गित प्रतियोगिता तथा शुभकामनाआदानप्रदान कार्यक्रम सम्पन्न

| २०८० भदौ ३० गते ०२: ०० मा प्रकाशित

बसन्त चौहान,मालारानी।
भाद्र ३० - श्री देउराली सामुदायिक वन उपभोक्ता समूह, मालारानी-४, खन, अर्घाखाँचीले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज साथै ५९ औं बालदिवसको अबसरमा "बालबालिकामा लगानी; सुनिश्चित भविष्यको थालनी" शीर्षकमा खुल्ला तिज गित प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

मालारानी गाउँपालिकाका उपाध्यक्ष दिपा पोख्रेलले मादल बजाएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रम मालारानी गाउँपालिकाका अध्यक्ष दल बहादुर भट्टराईको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष दिपा पोख्रेल, कार्यपालिका सदस्य लिल बहादुर वि.क., वडा नं. ४ का वडा सदस्य सुमित्रा सुनार, वडा नं. ४ स्थित पशु सेवा कार्यालयका प्रमुख दिपक रिजाल, खगिश्वर के.सी., तिलकराम खनाल, मालारानी गाउँपालिकाको कर्मचारी तिर्सना पौडेल खनाल,  विभिन्न विद्यालयका शिक्षकहरू लगायत अन्य व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा कुल सातवटा समुहले भाग लिएका थिए भने सो कार्यक्रममा आदर्श माध्यमिक विद्यालय, खनदह, प्रथम, कालिका ने.रा. माध्यमिक विद्यालय 'क', खन, द्वितीय, कालिका ने.रा. माध्यमिक विद्यालय 'ख', खन, तृतीय, मालारानी गल्स स्काउट, सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए भने प्रगतिशील युवा क्लबको सबिना परियारले उत्कृष्ट नृत्य प्रदर्शन तर्फ प्रथम स्थान हासिल गरेका थिए ।

खुल्ला तिज गित प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम

कार्यक्रममा प्रथम पुरस्कार नगद रु. ७५०० र प्रमाणपत्र, द्वितीय पुरस्कार नगद रु. ६००० र प्रमाणपत्र, तृतीय पुरस्कार नगद रु. ४५०० र प्रमाणपत्र, सान्त्वना पुरस्कार नगद रु. ३००० र प्रमाणपत्र, उत्कृष्ट नृत्य पुरस्कार रु. १००० र प्रमाणपत्र साथै अन्य सम्पूर्ण सहभागी समुहलाई नगद रु. १००० र सहभागी प्रमाणपत्रको साथमा सम्मान गरिएको थियो । सो कार्यक्रममा खगेश्वर के.सी. संयोजक, तिलकराम खनाल सदस्य र तिर्सना पौडेल खनाल सदस्य रहेको ३ सदस्यीय मुल्यांकन समिति रहेको थियो ।

उक्त कार्यक्रम देउराली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बलाराम भुसालको अध्यक्षता, सह-सचीव लक्ष्मण घिमिरेको स्वागत मन्तव्य/व्यवस्थापन र उपाध्यक्ष रविन घिमिरेको सन्चालन र बसन्त चौहानको व्यवस्थापनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्