मालारानीको एक बिधालयमा १ र २ का बिधार्थीलाई एकै कक्षामा पढाईएको पाईयो :

स्वास्थ्य चौकीमा दिर्ग रोगीलाई नि:शुल्क हुनेपर्ने औषधि नै उपलब्ध छैन

| २०८० असोज १५ गते २०: ०१ मा प्रकाशित

रबि पोख्रेल मालारानी,अर्घाखाँची। मालारानी गाउँपालिकाको स्वास्थ र शिक्षा सुधारको लागी जनस्तरबाट निरन्तर खबरदारी र अनुगमन जारी रहेको खबर आएको छ।  

अनुगमन 

आज मालारानी १ मरेङ उपस्वास्थ्य चौकी,मालारानि २ को आधारभुत स्वास्थ सेवा केन्द्र र मालारानी १ को बिरेन्द्र मा वि लगायत अन्य धेरै स्थान हरुमा स्थलगत अनुगमन गरिएको स्थानीयहरु बताउछन।

स्वास्थ्य चौकी

स्थानीय सेवा प्रदायक कार्यलहरु बाट केहि हदसम्म सेवा प्रवाहामा प्रसासरत देखिएता पनि तालुकदार निकाए स्थानीय सरकार मालारानी गाउँपालिकाको स्वास्थ र शिक्षा विभाग बाट निकै हेलचक्र्याइ भएको सम्बन्धित कार्यलयका कर्मचारी र जनगुनासो व्यापक रहेको पाईएको छ। श्री बिरेन्द्र माबीमा एउटै हलमा कक्षा १ र २ का बिधार्थीहरु एकैपटक पढीरहेकोपनि पाईएको छ। 

श्री बिरेन्द्र माबी

अर्घाखाँचीबुलेटिनको स्थलगत तथ्य प्रमाण प्रत्यक्ष कुराकानी र भिडियो सहित छिट्टै जनता माझ आउँने तयारि मा छौ प्रतिक्षा गर्नुहोला। 

प्रतिक्रिया दिनुहोस्