श्री कालिका ने.रा.मा.विमा एकल नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न

| २०८० असोज २० गते १७: २५ मा प्रकाशित

रबि पोख्रेल, अर्घाखाँची ।श्री कालिका ने.रा.मा.वि. मालारानी-४, खन, लुटिपोखरी अर्घाखाँचीद्वारा विद्यालयको नियमित अतिरिक्त क्रियाकलाप  अन्तरगतएकल नृत्य  प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ।

 कक्षा ६ देखि कक्षा १२ सम्मका कुल २० जना विद्यार्थीहरुले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए भने उक्त प्रतियोगितामा मुस्कान वि.क. प्रथम, बिपना ढुङ्गाना द्वितीय र सबिना परियार तृतीय भएका थिए । 

विद्यालयले विद्यार्थीहरुको चाहना, रुचि र आवश्यकतालाई मध्यनजर गर्दै हरेक शुक्रबार यस्ता खालका विभिन्न कार्यक्रमहरु निरन्तर गर्दै आइरहेको छ ।

 जसले विद्यार्थीहरुमा भएको कला र क्षमतामा अभिवृद्धि हुनुका साथै थप हौसला प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्