मालारानीको हंसपुरमा जिप दुर्घटना

| २०८० असोज २६ गते १९: १४ मा प्रकाशित

बिकास सुनार ,अर्घाखाँची। अर्घाखाँची जिल्लाको मालारानी मा जिप दुर्घटना भएको छ। 

मलारानीको  हंसपुरमा आज साँझ करिव ५ बजेको समयमा लु १ ज १५६६ नम्बर जिप दुर्घटनामा परेको हो। 

दुर्घटना हुने जिप सन्धिखर्क बाट हंसपुर यात्रा गरिरहेको थियो। उक्त दुर्घटनामा २ जना सामान्य घाइते भएका छन भने चालक र एक यात्रुलाई जिल्ला अस्पताल सन्धिखर्कमा थप उपचारका लागि पठाईएको खबर प्राप्त भएको छ।

तस्विर - बिशाल पन्थी 

प्रतिक्रिया दिनुहोस्