एवाईसी भलिबल: मालारानीले भुमिकास्थानलाई २ -१ को सेटले पराजित

| २०८० कार्तिक १७ गते १०: ३६ मा प्रकाशित

पुजा केसी ,सन्धिखर्क। एवाईसी अर्घाखाँचीद्वारा आयोजित अन्तरपालिका स्तरिय रनिङ शिल्ड भलिबल प्रतियाेगिता खेलमा मालारानीले भुमिकास्थानलाई २ -१ को सेटले पराजित गरेको छ।

राष्ट्रीय खेलाडी धिरज बस्नेत काजि ,सरन सामारि क्षेत्रि सम्मिलित भुमिकास्थान नगरपालिका मालारानी गाउँपालिका संग २ -१ को सेटले पराजित भएको हो। 

कार्तिक १६ गते उद्घाटन दिनमा २ खेल मात्र सम्पन्न भएका थिए।

जिल्लाको निकै चर्चित प्रतियोगिताको रुपमा संचालन हुदै आएको प्रतियोगितामा प्रथम हुने टिमलाई अक्षरुपी ५० हजार दोस्रो हुने टिमलाई अक्षरुपी रु ३० हजार त्यस्तै तेस्रो हुने टिमलाई २० हजार साथै आकर्षक रनिङ्गशिल्ड,मेडल,तथा प्रमाणपत्र संगै शिल पचाउने टिमलाई थप पचास हजार गरि एक लाख सम्म दिन सकिने युवा परिषद्का अध्यक्ष काजी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्