आर्थिक सहयोगमा जुट्दै उदीयमान जनजागृति क्लब बाँगी

| २०८० फागुन १९ गते २१: ११ मा प्रकाशित

हरि कुँवर , अर्घाखाँची ।पीडित थापाको उपचारमा उदीयमान जनजागृति क्लब बाँगी आर्थिक सहयोग संकलन गर्न जुटेको छ । 

अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका -५ बाँगी आस्लामारी थापाटाेलामा स्थायी बसोबास गर्दै आएका ४३ वर्षीया शम्भु कुमार थापाको पेट रोगको उपचार गर्नको लागि निकै ठुलो रकम लाग्ने भएपछि परिवारले आर्थिक सहयोगका लागि याचना गरेको थियो।

परिवारको आर्थिक अवस्था निकै कम्जोर हुँदा उपचारमा थप समस्या देखिएको हो ।थापा अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत छन् । 

 शम्भु कुमार थापा

उदीयमान जनजागृति क्लबका अध्यक्ष अशोक चौहानले धेरै खर्च लाग्ने र चाडै निको नहुने जटिल रोग लागेमा एक अर्को लाई सहयोग गर्नु पर्ने मानव धर्म भएको बताउँदै क्लबले जिल्लामा सामाजिक कार्य सगै शिक्षा, स्वास्थ्य,  लगायतका क्षेत्रमा कार्य गरेकाले क्लबको सामाजिक उत्तरदायित्व सम्झेर संसार भर छरिएर रहेका मालारानी बासी लाई आर्थिक सहयोगको लागि हार्दिक अपिल गरेका छन् । 

 
सहयोगको लागि सम्पर्क ब्यक्तिहरु:

अशोक चौहान मो.९८५७०६६२८७
बिष्णु बहादुर चौहान -९८५१११५३०९ 
चिरञ्जीवी चौहान - ९८४७१५७४२५ 
बिमल चौहान - ९८४९२५१०१५ 
बिष्णु चौहान- ९८४७५७५४५१ 
ई-सेवा नम्बर खगेन्द्र चौहान- ९८५७०७१३९१ 

बिरामी शम्भु  कुमार थापा- ९८६७१४४३२६

प्रतिक्रिया दिनुहोस्