मृगौला पीडित बस्नेत लाई क्लबको साथ, २ लाख भन्दा बढी आर्थिक सहयोग संकलन

| २०८० चैत ९ गते २१: ३१ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।बाँगीका मृगौला पीडित कमल बस्नेत लाई उपचारमा सहयोग गर्न नवदिप युवा क्लबले साथ दिएको छ ।

अर्घाखाँची जिल्ला मालारानी – ५ बाँगी भन्डार (कोखा) निवासी ३२ वर्षीय कमल बस्नेतको दुबै मृगौला फेल भएको हुँदा उपचारको लागि आर्थिक सहयोग अपिल गरिए सगै क्लबले २ लाख भन्दा बढी आर्थिक सहयोग संकलन गरि साथ दिएको हो । 

कमलको परिवारले सहयोगको अपिल गरे पछि नवदिप युवा क्लब बाँगीले १० हजार सहयोग गरि अभियान चलाएको थियो । अभियान बाट शुक्रबार साझ सम्म २ लाख १३ हजार आर्थिक संकलन भएको अझै सहयोग दाताहरु थपिएको नवदिप युवा क्लब बाँगीका अध्यक्ष सुर्य कुँवरले जानकारी दिए ।

अध्यक्ष कुँवरले सहयोग दाताहरु लाई  धन्यवाद दिदै एक दुई दिनमै सहयोग रकम कमल लाई हस्तान्तरण गर्ने बताए ।  


कमल बस्नेत -९८४७१८२६९३
Kumari Bank Limited
A/c- 069010986900001

प्रतिक्रिया दिनुहोस्