मालारानीमा शिक्षा ऐन बिपरित शिक्षकहरूको खुलेआम राजनीतिक सक्रियता

| २०८० चैत ११ गते २२: ०० मा प्रकाशित

अर्घाखाँची। शिक्षा ऐनमा शिक्षकले राजनिती गर्न नपाइने उल्लेख भए पनि  शिक्षा ऐन बिपरित शिक्षकहरूको खुलेआम राजनीतिक सक्रियता देखाएका छन । नेकपा माओवादी केन्द्र मालारानी ५ मा हिंजो पार्टीको बिस्तारित बैठकमा शिक्षकहरुको उपस्थिति देखिएको छ ।

 शान्ती माबी आरुखोरका प्र .अ मान बहादुर  पान्डे सोही विद्यालयका शिक्षकहरू वसन्त खड्का , झबिन्द्र बहादुर खड्का,सुशीला पाण्डे , सीता पान्डे (अनौपचारिक शिक्षा कार्यक्रम काज), त्यस्तै सिद्धार्थ माबिका रामकृष्ण बि क, अर्घा रजस्थल माबिका चुडामणि खत्री र ज्योती आधारभुतकि  प्रधानाध्यापक तारा खत्री ,सुर्योदय बालबिकास केन्द्रकि बालबिकाश सहजकर्ता बसन्ता आचार्य (बन्दना)  उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्