शिक्षकले खाजा खर्च कटाएर मृगौला पीडितलाई सहयोग

| २०८० चैत १६ गते २३: ३७ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची । शिक्षकले आफ्नै खाजा खर्च कटाएर मृगौला पीडितलाई सहयोग गरेका छन् । 

मालारानी गाउँपालिका -५ बाँगी शान्ति माध्यमिक विद्यालयका शिक्षकले खाजा खर्च कटाएर बाँगी कोखा मृगौला पीडित कमल बस्नेत लाई सहयोग गरेका छन् ।

विद्यालयका शिक्षक, शिक्षिकाले आफ्नै दैनिक खाजा खर्च कटाएर नवदिप युवाक्लब बाँगीका उपाध्यक्ष एवम् शिक्षक विकास कुँवर र शिक्षक श्रवण कुमार राउतको पहलमा पीडित कमलको लागी ३७ हजार ७ सय ५ रुपैयाँ नवदिप युवाक्लब मार्फत सहयोग गरेका हुन् ।

शिक्षकहरुले सहयोग हस्तान्तरण गर्दै कमलको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरे । 

पारिवारीक आर्थिकले उपचार सम्भव नभएपछि सम्पुर्ण सँग सहयोगको लागी अपिल गर्दै आएका हुन् ।

कमल बस्नेत -९८४७१८२६९३

सहयोग विवरण :

सहयोग विवरण

प्रतिक्रिया दिनुहोस्