बाँगीमा एकदिने वृहत् स्वास्थ्य शिविर हुने

| २०८० चैत १८ गते २३: १५ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची।बाँगीमा विशेषज्ञ सेवासहितको एकदिने वृहत् स्वास्थ्य शिविर हुने भएको छ । 

उदीयमान जनजागृती क्लव मालारानीद्वारा आयोजित मालारानी गाउँपालिका - ५ वडा कार्यालयको सहकार्य एवम् चौराहा हस्पिटल प्रा.लि. बुटवल र बाँगी स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा चैत्र २३ गते शुक्रबारको दिन बाँगी स्वास्थ्य चौकीमा एक दिने वृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले हो ।

स्वास्थ्य शिविरमा जनरल फिजिसियन विशेषज्ञ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ नाक, कान, घाँटी रोग विशेषज्ञ
स्त्रीरोग विशेषज्ञ, मुटुको इ.सी.जी. ब्लड सुगर जार्च लगायतका सेवाहरू उपलब्ध गराउने क्लबका अध्यक्ष अशोक चाैहानले जानकारी दिएका हुन । 

स्वास्थ्य शिविरको उद्देश्य सकेसम्म धेरै मानिसहरू लाई सहयोग पुर्‍याउनु हो। यसका लागि सहकार्य आवस्यक रहेको क्लबका अध्यक्ष चौहानले बताए । 

सम्पूर्ण बुवा आमा, दाजुभाई, दिदी बहिनीहरूले आफ्नो स्वास्थ्य जाँच गराई स्वास्थ्य लाभ लिनुहुन र पुरानाे राेग पालेर नबस्न समयमै राेग पहिचान गर्न उदीयमान जनजागृती क्लवले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्