शान्ति माविको हिरक महोत्सव आगामी वैशाख ३ गते हुँदै:भलिबलको उद्घाटन पूर्व लुम्बिनी प्रदेश सभा सदस्य क्षेत्रीले गरिन

| २०८० चैत २७ गते २३: ५४ मा प्रकाशित

बाँगी। अर्घाखाँचीको मालारानी गाउँपालिका–५ आरुखोर स्थित शान्ति माविको हिरक महोत्सव आगामी वैशाख ३ गते हुँदैछ । कार्यक्रमको शुभारम्भ चैत्र २६ गतेदेखि भइसकेको छ । विद्यालले आज (मंगलवार) भलिबल खेल सञ्चालन गरेको थियो । आज वडा स्तरीय र साविक अर्घा–३ सहितको (सेवा क्षेत्र स्तरीय) भलिबलको उद्घाटन पूर्व लुम्बिनी प्रदेश सभा सदस्य निर्मला क्षेत्रीले गरिन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले शान्ति माध्यमिक विद्यालय देशकै नमूना विद्यालयको रुपमा स्थापित होस् भन्दै शुभकामना व्यक्त गरिन् । उनले बिद्यालयको उन्नति र विकासको निम्ति आफू जहिले पनि साथमा रहेको बताईन् ।

पूर्व सचेतकसमेत रहेकी क्षेत्रीले समाज एकताको निम्ति खेलकुदले निकै महत्त्वपूर्ण भुमिका खेल्ने भन्दै विद्यालयहरूमा खेलकुद प्रतियोगिता सञ्चालन गर्दा यसले व्यक्तिमा आपसी सम्बन्ध सुमधुर बनाउन र पारस्परिकता कायम गर्न सहयोग पुग्ने बताईन् ।

उनले खेलकुद प्रतियोगिताहरुबाट व्यक्तिमा सक्रियता बढ्ने हुँदा यस्ता कार्यक्रम सम्पन्न गर्नका लागि आफू निष्पक्ष भएर साथ दिने विश्वास व्यक्त गरिन् ।

सो कार्यक्रममा रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्री, नेपाली काङ्ग्रेस अर्घाखाँचीका पूर्व सचिव लोकेन्द्र विश्वकर्मा, जनज्योति मावि का भौतिक विज्ञान शपक्षक सन्तोष केसी, समाजसेवी चन्द्र टण्डन लगायतको उपस्थिति थियो ।

विद्यालयका प्रधानाध्यापक मान बहादुर पाण्डेले बैशाख ३ गते हुने शान्ति माविको हिरक महोत्सवमा प्रधानमन्त्रीलाई बोलाउन पहल भैरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्