बिपन्न विद्यार्थीहरुको लागी पोशाक वितरण

| २०८१ बैशाख २१ गते २०: ३९ मा प्रकाशित

सन्जु रबि पोख्रेल ,मालारानी। अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका-४, धारापानी टाकुरामा जन्म भइ  हाल रोजगारीको सिलसिलामा  भारतको नोयडामा बसोबास गर्ने राम प्रसाद बन्जाडेले स्वर्गीय बुबा गोबिन्द बन्जाडे र आमा उमकला बन्जाडेको स्मृतिमा यस श्री कालिका ने.रा. माध्यमिक विद्यालय मालारानी-४, खनमा अध्ययन गर्ने गरिब तथा आर्थिक रूपमा बिपन्न विद्यार्थीहरुको लागि ८ सेट विद्यालय पोशाक सौजन्य स्वरुप उपलब्ध गराउनु भएको थियो । 

आर्थिक अवस्था कमजोरिका कारण कोहि पनि विद्यार्थी विद्यालय शिक्षाबाट बन्चित हुन नपरोस् भन्ने उद्देश्यकासाथ उहाँले पोशाक सौजन्य गर्नुभएको थियो । यस विद्यालयमा कार्यरत शिक्षक माधब भुसालको विषेश  पहल तथा सन्चालनमा उक्त वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

विदेशी भूमिमा आफुले बगाएको पसिनाको मूल्यबाट यी र यस्ता मानवीय कार्यमा सहभागी सौजन्यकर्ता श्री राम प्रसाद बन्जाडे  उपस्थित रहेको थियो

प्रतिक्रिया दिनुहोस्