मालारानीमा अज्ञात समुहद्वारा शिवालय मन्दिर काे सामान चाेरी

| २०८१ बैशाख २५ गते १४: ०२ मा प्रकाशित

पूजा केसि,बाँगी।अर्घाखाँची जिल्ला काे मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगी गुँरासे मा केही महिना अघि निर्माण गरिए को शिवालय मन्दिर को सामान अज्ञात समुहद्वार चोरी गरिएको जानकारी प्राप्त भएकाे छ!उक्त मन्दिर निर्माण समिती का सचिव कृष्ण भुसाल का अनुसार बिहान पख मन्दिर को छत मा रहेको साउन्ड सिष्टम चोरी भएको  ।
    
यसै वर्ष को शिवरात्री को दिन उदघाटन गरिएको उक्त नव निर्मित शिवालय मन्दिर मा दैनिक पुजा आजा हुने गरेको छ! सधै जसो बिहान पुजा गर्न जाने क्रम मा मन्दिर मा रहेको साउन्ड सिस्टम हराएको मन्दिर का पुजारी कृष्ण प्रसाद  भुसाल ले बताएका छन।
    
उक्त घटना पछि केहि संङखास्पद व्याक्तिहरु लाई गोप्य निगरानी मा राखी सुक्ष्म अनुसन्धान गरिरहेको त्यँहाका स्थानीय  स्थानीय राजेन्द्र पन्थी ले अर्घाखाँची बुलेटिन लाई जानकारी  दिएका छन।

प्रतिक्रिया दिनुहोस्