मालारानीमा ट्याक्टर दुर्घटना २ जना घाइते

| २०८१ बैशाख ३० गते १७: २६ मा प्रकाशित

केशब पन्थी सन्धिखर्क। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका  वडा नबर  २ को डाडाकटेरिमा गएराती ९ बजेतिर लु ५ त ७१७ नम्बरको ट्याक्टर दुर्घटना हुदा २ जना घाइते भएका  छन । 

डांडाकटेरी बजार नजिक बालुवा खन्याएर फर्कदै गरेको  ट्याक्टरमा सवार २ जना घाइते भएको र चालक फरार रहेको इलाका प्रहरी कार्यालय खन देउरालीले जनाएको छ । 

दुर्घटनामा  रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका वडा नम्बर २  का   अन्दाजी २८ बर्षिय प्रदिप बिक  र सोही ठाउँका अन्दाजी ४० बर्षिय हुमे राना घाइते भएको र उनिहरुमध्य हुमे रानालाइ थप उपचारको लागि पाल्पा लगिएको र प्रदिप बिकको अर्घाखाँची   अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

 लुङ्ग्री गाउँपालिकाकै ट्याक्टर चालक २५ बर्षिय यदि पुनको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्