गुल्मीको मुसीकोट नगरपालिका र रुकुम पश्चिमको मुसीकोट नगरपालिका बिच मितेरी सम्बन्ध गासिने

| २०७८ असार १६ गते १८: १२ मा प्रकाशित

एसपी भुसाल। गुल्मीको मुसीकोट नगरपालिका र रुकुम पश्चिमको मुसीकोट नगरपालिका बिच मितेरी सम्बन्ध गासिने भएको छ। मङगलबार  मुसीकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा  प्रमुख प्रशासकीय अधिकृत , उपसचिव खिमानन्द भुसाल मुसिकोट नगरपालिका गुल्मका वडा अध्यक्ष लगायतको टिम रुकुम मुसीकोटको अध्ययन भ्रमणमा पुगेर त्याहाको अबलोकन भेटघाट गरि फर्किएको छ ।

 गुल्मीको टिमलाई मुसीकोट नगरपालिका ,  रुकु ले मुसीकोट दरबार क्षेत्र , समशितोष्ण तरकारी बीउ उत्पादन केन्द्र , सल्ले बिमानस्थल, खलंगा बजार क्षेत्र  अवलोकन गर्नु गराएको थियोे  रूकुम मुसीकोटका का प्रमुख  देबिलाल गौतम सहितका जनप्रतिनिधि हरुले गुल्मीको टोलिलाई भब्य  स्वागत गर्दै दुई नगरपालिका बिच मितेरी सम्बन्ध कायम गर्ने बिषयमा छलफल भएको थियोे।

गुल्मीको उक्त टोलीलाई रुकुम पुर्ब भुमे गाउँपालिकाका प्रमुख रामसुर बुढा र सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बराल ( गुल्मीकी चेली ले ) गाउपालिकामा स्वागत गर्नु भएको थियो । गुल्मीको टोली मध्यपहाडि राजमार्ग हुदै गुल्मी आएको छ रुकुम र गुल्मी मुसीकोट राज्यको दरबार क्षेत्रको अवलोकन तथा  अनुगमन भ्रमणमा जाँदा दुबै जिल्लाका एउटै नामाकरण भएका मुसीकोट नगरपालिकाहरुका बिचमा मितेरी सम्बन्ध कायम राख्दा दुबै पालिका बिच सहयोग र सम्बन्ध बढने भन्दै मितेरी साईनो काय गर्ने तैयारी छ ।

प्रतिक्रिया दिनुहोस्