राष्ट्रिय सङ्कट र अबको निकाश : बिस्नु बहादुर राउत 'बिज्ञान'

| २०७८ असार १६ गते २०: ४२ मा प्रकाशित

बिस्नु बहादुर राउत (बिज्ञान) । राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक समस्याको जड नै दलाल पुँजीवादी व्यवस्था हो । त्यसैले संसदीय व्यवस्था असफल सिद्व भयो । अब सम्पुर्ण क्रान्तिकारी, वामपन्थी, देशभक्त, प्रगतिशील, श्रमजीवी,र लोकतान्त्रिक शक्तिहरु एक भएर असफल सिद्व भएको दलाल संसदीय व्यवस्थाको विकल्पमा समाजवादी राज्यसत्ता स्थापना गर्नु विकल्प नरहेको निष्कर्षमा पुग्नु अहिलेको आवश्यकता हो। 

त्यसैले उच्च लोकतान्त्रिक विधिको प्रयोग गर्दै संसदीय व्यवस्था ठिक की समाजवादी व्यवस्था ठिक ? चुन्ने निर्णायक अधिकार जनमत सङ्ग्रहद्वारा जनतालाई दिनुपर्छ । आजको युग भनेको २१ औं शताब्दीको युग हो । आजको समय भनेको उच्चतम रुपमा विज्ञान र प्रविधिको आविस्कार गर्ने, निर्माण गर्ने युग हो । यो समयमा आएर नेपाल जस्तो अल्पविकसित मुलुकमा हरेक किसिमका संकट उत्पन्न हुुनु चुनौतीको विषय  हो । आज देशको राजनीतिक प्रणाली भित्रको फोहोरी खेलमा देश र जनतालाई योजनाका साथ फसाइएको छ । 

हाम्रो राष्ट्र स्वाधीन, आत्मनिर्भर हुनुको सट्टा विदेशीको दास र परनिर्भर तर्फ उन्मुख बनाइएको छ । अहिलेको वर्तमान राजनीतिक अभ्यासबाट जनतामा आक्रोस छ, सत्तासिन राजनीतिककर्मीहरु कुर्सी टिकाउ,  राजनीतिक भागबन्डा, घोटला अभियानमा निरन्तर छन् । राज्य संकटमा छ, आजको विषम् परिस्थितिमा नेपाली जनतामाथि तीब्र असन्तुष्टि छ । 

हरेक किसिमको जातीय, लिङ्गीय, वर्गीय विभेद, कमिसन, महङ्गी, भ्रष्ट्राचार, कालोबजारी, तस्करी, माफियागिरी, बलात्कार, हत्याहिंसा जस्ता सामाजिक विकृति दिनहुँ बढ्दो क्रममा छ ।राष्ट्रियताको सवालमा वैदेशिक हस्तक्षेप, गिद्वेनजर, सिमा अतिक्रमण, राष्ट्रघाती सम्भौता, राष्ट्रियता विरुद्वका कदम नेपाली जनतालाई कदापी स्वीकार्य हुन सक्दैन  । जटिल परिस्थितिमा देशको राजनीतिक, आर्थीक, सामाजिक, सांस्कृतिक पक्ष निकै संकटग्रस्त अवस्थामा छ । वर्तमान समयमा कोभिड १९ ले सिङ्गो मानव जीवनमा  पारेको प्रभाव त छँदैछ, सरकार जनता बचाउनुको सट्टा सत्ता स्वार्थमा लिप्त छ ।  सरकारको प्रतिपक्ष मानिने दलहरु गासे कुकुर जस्तो कुर्सीको लागी ढुकी रहेको अवस्था छ । 

एक आपसमा आरोप प्रत्यारोप गरी जनतालाई बढो भ्रमित पारिरहेछन् । सत्तासिन र सरकार प्रतिपक्ष दलले संसद विघटन, पुनस् स्थापना, मध्यावधि चुनाव, सांसद किनबेच, आरोप प्रत्यारोप बीच फैसला गर्न, न्यायको पवित्र अंग सर्वोच्च अदालतलाई बाध्य बनाइएको छ । यति मात्र होइन, कुन पार्टी रहने, नरहने, कुन नेताले राजनीति गर्ने, नगर्ने भन्ने विषयमा फैसला गर्न अदालतलाई बाध्य बनाइदै छ । त्यसैले यी निजी स्वार्थ राख्ने नेतृत्वले जनता, राष्ट्रहित विपरित गरेको अभ्यास अब राष्ट्रभक्त जनतालाई कदापी स्वीकार्य हुन सक्दैन । 

यता सामाजिक अभियन्ता भनेर आफुलाई चिनाउनेहरु एनजिओ, आइएनजिओ विदेशी शक्ति के्रन्द्रबाट परिचालित, बिना दृष्टिकोण, गन्तब्यहीन विचार बोकेर तथानाम बोल्दै युवा पुस्तामा भ्रम सिर्जना गरिरहेछन् । त्यसैले गन्तब्यहीन अभियानमा लाग्नुको साटो स्पष्ट बिचार, दृष्टिकोण भएको अभियानमा लाग्नु असल नेपाली नागरिकको कर्तब्य बन्न आउँछ । राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक समस्याको जड नै दलाल पुँजीवादी व्यवस्था हो । त्यसैले संसदीय व्यवस्था असफल सिद्व भयो । अब सम्पुर्ण क्रान्तिकारी, वामपन्थी, देशभक्त, प्रगतिशील, श्रमजीवी,र लोकतान्त्रिक शक्तिहरु एक भएर असफल सिद्व भएको दलाल संसदीय व्यवस्थाको विकल्पमा समाजवादी राज्यसत्ता स्थापना गर्नु विकल्प नरहेको निष्कर्षमा पुग्नु अहिलेको आवश्यकता हो ।

 त्यसैले उच्च लोकतान्त्रिक विधिको प्रयोग गर्दै संसदीय व्यवस्था ठिक की समाजवादी व्यवस्था ठिक ? चुन्ने निर्णायक अधिकार जनमत सङ्ग्रहद्वारा जनतालाई दिनुपर्छ । सम्पुर्ण राष्ट्रिय समस्याको जड नै असफल संसदीय व्यवस्था हो । त्यसैले वैज्ञानिक समाजवादी व्यवस्था अपरिहार्य बन्यो । असफल संसदीय व्यवस्थाबाट मुक्त हुन सम्पूर्ण राजनीतिककर्मी, वुद्विजीवी, पत्रकार, कानुनविद्, मध्यमवर्ग, उत्पीडित वर्ग, श्रमजीवी वर्ग एक भएर संघर्ष गर्नुपर्छ । यावत् संकटबाट मुक्त हुन त्यतिवेला मात्र सम्भव छ, जुन समय वैज्ञानिक समाजवादी व्यवस्था स्थापना भइसकेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्