निरंकुश तन्त्र तथा सम्वैधानिक राजतन्त्र फालेर ल्याएको लोकतान्त्रीक गणतंत्र माथी कालो बादल मडारिई रहेको छ- चित्र बहादुर केसी

| २०७८ असार २० गते २०: ३५ मा प्रकाशित

खिमराज चालिसे,नइ दिल्ली। मूलप्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितीको आयोजनामा  सम्पन्न प्रथम राष्ट्रिय भेलाको भर्चुअल माध्यामबाट सम्पन्न कार्यक्रममा प्रमुख अतिथि को आसनबाट सो भेलाको उदघाटन तथा सम्वोधन गर्दै राजमो केन्द्रीय अध्यक्ष चित्र बहादुर केसी जीले 'निरंकुश तन्त्र तथा सम्वैधानिक राजतन्त्र फालेर ल्याएको लोकतान्त्रीक गणतंत्र माथी कालो बादल मडारिइ रहेको छ' भन्नु भएको हो।
 
वहाले कार्यगत एकताको विषयमा हिटलर को बिरुद्ध मा स्तालीन को कार्यगत एकता र जापानी साम्राज्यवाद विरुद्ब माओको कार्यगत एकताको विषयलाई गम्भीर रुपमा बुझ्ने प्रयास नगर्ने अराजकहरुको भ्रमलाइ चिर्दै पार्टी क्रांती र परिवर्तन का लागी निरन्तर क्रियाशिल भइरहनु पर्ने धारणा राख्नु भएको हो।

 वहाले मूलप्रवाहको गौरवमय इतिहास लाइ कोट्टाउदै ४४ वर्ष पहिला भारतमा एकता समाज निर्माण गर्न पसेको बेला कैयन नेपालीहरु बाटै अज्ञानताका कारणले आफूलाई पनि दुर्व्यवहार गरेको स्मरण गर्दै निश्चित विधान , योजना, कार्यक्रम र अनुसाशन व्यवस्थापन गरेर औपचारिक रुपमा एकता समाज गठन गरेको बताउनु भएको हो।

यसैगरि विशिष्ट अतिथीको आशनबाट भेला सफलताको शुभकामना मन्तव्य दिदै नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरी ले हजारौ हजार नेपालीहरु कै पसिनाले सृजीत तथा सहि बिचारको मार्ग निर्देशनमा मूलप्रवाह एकता समाजले लाखौ प्रवासी नेपालीहरु को सुरक्षा , सामाजिक, राजनैतिक, सैद्धांतिक ज्ञान दिदै उनिहरुको हकहित को संरक्षण गर्न सफल र स्वदेशको राष्ट्रियताको आन्दोलनमा महत्वपूर्ण योगदान दिइरहेको र समय समयमा सबै खाले अबसरवादका विरुद्ब शशक्त संघर्स र  एकजुटताले यो संगठन  अझै मजबुत हुने धारणा व्यक्त गर्नुभयो।

अर्का  बामपंथी युवा नेता आनन्द शर्माले सो भेलालाइ संम्बोधन गर्दै 'विधी, पद्धति, ऐन, कानुन, कुल्चदै प्रतिगमनको बाटोमा तिव्र रुपमा हिडिरहेको ओली सरकारबाट गणतंत्र, धर्मनिरपेक्षता, राष्ट्रियता गम्भीर  खतरामा रहेको हुदा सरकारको प्रतिगामी घातक कदमको विरुद्ब सडक, सदन, प्रवास, तेश्रो मूलक तथा देशभित्र एकल, तथा सम्युक्त रुपमा जहा जुनरुपमा सम्भब छ संघर्षको आधिवहरी सृजना गर्न पर्ने कुरामा जोड दिनु भयो साथै आर्थिक पक्षलाइ मजबुत पार्न आर्थिक अभियान बारे भेलामा प्रकासपार्नु भएको थियो।भेला सफलताको शुभकामना दिने अन्य वक्ताहरुमा मोहराज चालिसे, फुलवीना पौड्याल, राम बहादुर वीक, भीम बहादुर थापा लगाएत हुनुहुन्थ्यो।

 समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसी को अध्यक्षतामा तथा महासचिव ठाकुर खनालको संचालनमा सम्पन्न भएको कार्यक्रममा सातौ  अखिल भारत सम्मेलन पछि ज्यान गुमाउनुभएका केन्द्रीय नेता हरु समेत ज्ञात अज्ञात शहिदहरु प्रति एकमिनट मौनधारण पश्चात समाजका उपाध्यक्ष कपिल खनाल तथा रक्तीम कलाकारहरु ले स्वागत गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्