अटोमेटिक पे'स्तो'ल र भरुवा ब'न्दु'क सहित २ जना पक्राउ

| २०७८ असार २४ गते १४: ४९ मा प्रकाशित

काठमाडौं, २४ असार
बाँके, नेपालगंज उपमहानगरपालिका-१९ फुटाहबाट १ थान अटोमेटिक पे'स्तो'ल सहित सोही उपमहानगरपालिका-२१ पुरैना बस्ने सोही उपमहानगरपालिका-१२ घर भएका ३१ वर्षीय अजिज अहमद शेषलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हातहतियार सहित शंकास्पद मानिस हिँडिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पुरैनाबाट राँझातर्फ साईकलमा जाँदै गरेको अवस्थामा उनलाई पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

दाङ, दंङ्गीशरण गाउँपालिका-२ स्थित तिलकन्या सामुदायिक बनबाट १ थान भरुवा बन्दुक सहित सोही ठाउँ बस्ने २४ वर्षीय मेघराज पुनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अबैध भरुवा ब'न्दु'क साथमा लिई शिकार खेल्न हिँडेको अबस्थामा प्रहरी चौकी गोल्टाकुरीबाट खटिएको प्रहरीले उनलाई उक्त ब'न्दुक सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्