नेकपा विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीलाई हृदयघात

| २०७८ असार २५ गते १८: ३५ मा प्रकाशित

काठमाडौं । नेकपा विप्लव समूहका नेता हेमन्तप्रकाश ओली (सुदर्शन)लाई हृदयघात भएको छ ।हृदयघात भएपछि उनलाई बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रको आकस्मिक कक्षमा भर्ना गरी उपचार थालिएको छ ।

२०७५ चैतमा काभ्रेबाट पक्राउ परेका ओली नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा उनी पुर्पक्षका लागि थुनामा छन।

विप्लव समूहको मध्य कमाण्ड इन्चार्ज रहेका उनले नै २०७५ फागुन १० मा नख्खुमा भएको बम विस्फोटको जिम्मेवारी लिएका थिए । त्यसबेलै उनी प्रहरीको नजरमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्