सर्लाहीमा पोखरीमा डु'बे'र युवकको मृ'त्यु

| २०७८ असार २६ गते ११: १९ मा प्रकाशित

सर्लाहीमा पोखरीको डिलमा बसेर माछा मारेको हेरिरहेका एक युवकको डिलबाट खसेर पोखरीमा डु'ब्दा मृ'त्यु भएको छ ।

विष्णु गाउँपालिका ३ मधुवनगोठस्थित सार्वजनिक पोखरीमा माछा मारिरहेको दृश्य डिलमा बसेर हेरिरहेका गोडैता नगरपालिका २ बस्ने ३५ वर्षीष्य जयकरण मुखिया एक्कासी लडेर पोखरीमा डु'बे'का थिए ।

पोखरीमा डु'बे'र बेपत्ता भएका मुखियाको खोजी गर्ने क्रममा महाजालकै प्रयोग गर्नुपरेको सर्लाही प्रहरीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए । पोखरीमा महाजाल हालेपछि बेपत्ता भएका उनको शव फेला परेको बुढाथोकीले बताए ।

मृ'त'क मुखियाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।
 
श्रोत:- अनलाइ खबर 

प्रतिक्रिया दिनुहोस्