डा सुदिप अर्याल मृ'त फेला

| २०७८ असार २७ गते २०: ३९ मा प्रकाशित

काठमाडौं। मानसिक अस्पताल पाटनमा कार्यरत कन्सल्ट्यान्ट साइक्यास्ट्रिक डा सुदिप अर्याल मृत फेला परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार उनी बुढानिलकण्ठस्थित एक होटलमा मृत फेला परेका हुन्।

डा अर्यालको मृत्यु के कारण भएको हो भन्ने विषयमा पोष्टमार्टम गरेपछि मात्र थाहा हुने एसपी बस्नेतले जानकारी दिए। उनका अनुसार मृतकको कोठमा विष फेला परेको छ।

डा अर्याल केही महिना अघि मात्र नवौं तहमा बढुवा भएर मानसिक अस्पतालमा जागिरका लागि पुगेका थिए। अस्पतालमा कन्सल्ट्यान्ट साइक्यास्ट्रिकका पदमा कार्यरत उनी आइतबार दिउसो मृत फेला परेका हुन्। स्वास्थ्य पत्रीका बाट 

प्रतिक्रिया दिनुहोस्