महान्यायाधिवक्तामा खमबहादुर खाती नियुक्त

| २०७८ असार ३१ गते १९: ४५ मा प्रकाशित

सरकारले महान्यायाधिवक्तामा खमबहादुर खातीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले खातीलाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालय शीतल निवासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । बाजुरा निवासी  खाती नेपाल बार एशोसियसनका पूर्व महासचिव समेत हुन् ।

 

विज्ञप्ति

 

प्रतिक्रिया दिनुहोस्