भाडा समायोजनको माग राख्दै यातायात व्यवसायीले निकाले र्‍याली

| २०७८ सावन ७ गते १२: ५१ मा प्रकाशित

काठमाण्डौ। एउटै प्रदेश भित्र चल्ने गाडीहरुमा भाडा समायोजन नभएको भन्दै यातायात व्यवसायीहरुले र्‍याली निकालेका छन्। आफूसँग भएका सवारी साधन सडकमा निकालेर बिहिबार बिहान शान्तिपूर्ण र्‍याली निकालिएको सार्वजनिक यातायात केन्द्रीय महासंघका उपमहासचिव केशव नेपालले बताए। 

‘हामीले बाटोमा अवरोध रहित हिसाबले र्‍याली निकालेका हौँ। एउटै प्रदेशभित्र चल्ले सवारीको भाडा समायोजन नभएकाले हामी चक्रपथ घेराउमा निस्किन बाध्य भएका छौँ,’ उनले सेतोपाटीसँग भने। 

उनीहरुको चक्रपथ परिक्रमा गर्ने कार्यक्रम रहेको छ। अहिले पनि उनीहरु र्‍यालीमै छन्। 

आफूहरुको सबै माग सम्बोधन नभएकाले आन्दोलनमा उत्रिन बाध्य भएको उनले बताए। सरकारले सुनुवाई नगरे आफूहरु सिंहदरबार घेराउमा नस्किने उपमहासचिव नेपालले बताए। 

यसअघि व्यवसायीहरुले विभिन्न सात बुँदे माग राख्दै यातायात व्यवस्था विभागमा धर्ना दिएका थिए।

यातायात क्षेत्रमा रहेकालाई कोभिड–१९ विरुद्धको खोप लगाइनुपर्ने, यातायातको भाडा समायोजन गर्नुपर्ने लगायत यातायातको विमा छुट समायोजन गर्नुपर्ने, सडक कानुन लागु गर्नुपर्ने, यातायातको कागजपत्र नविकरण र जरिवाना छुट गर्नुपर्ने तथा ढुवानी यातायातको वर्तमान नीति पुनरावलोकन गर्नुपर्ने माग राखेका थिए।source-setopati

प्रतिक्रिया दिनुहोस्