संयुक्त विद्यार्थि संगठनले गर्‍यो बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा तालाबन्दी

| २०७८ सावन ७ गते २३: २२ मा प्रकाशित

गुरुदेव खनाल। २०३८ सालमा बुटवलको देवीनगर नजिक तिनाउ किनारमा स्थापना भएको कलेज पछिल्लो समय लुम्बिनी अञ्चल हुँदै समग्र लुम्बिनी प्रदेशको शैक्षिक  हवको रूपमा विकास हुँदै छ गएको छ। 

त्यसको एकमात्र कारण हो देशमै उत्कृष्ट व्यवस्थापन अन्तर्गत को विषय अध्ययन हुने जहा स्नातक देखि स्नाकोत्तर सम्मको अध्ययन हुँदै आएको थियो पछिल्लो समय क्याम्पस मा चरम राजनीतिकरण हुँदै कर्मचारी देखि शिक्षक व्यवस्थापन समिति सम्म मा कब्जा गर्दै सामुदायिक कलेज जसले लुम्बिनी प्रदेशको विद्यार्थि को भाग्य र भबिस्यको बोकेको कलेज लाई सीमित व्यक्ति को स्वार्थ को कारणले स्वायत्तता को नाममा निजी कलेज लाई फाइदा हुने गरी निजी कलेजमा भन्दा महंगो शुल्क लिएर त्रिवि अन्तर्गत का विषय हटाउँदै जान खोजेको छ। 

क्याम्पस मा कृयाशील विभिन्न संगठन अखिल क्रान्तिकारी, नेविसंघ,अखिल छैठौं,अखिल क्रान्तिकारी विप्लव लगायत संगठन ४ दिन अघि क्याम्पस प्रसासन समक्ष विभिन्न मागहरु राखेको त्यसलाई पूर्णतया बेवास्ता गरेकाले संयुक्त विद्यार्थि संगठन तालाबन्दी गर्न बाध्य भएको छ। जसबाट पर्ने प्रभाव को जिम्मेवार स्वयं क्यम्पस प्रसासन हुने अखिल क्रान्तिकारी सह संयोजक गणेश दाहालले बताउनु भयो र तत्काल स्नातकोत्तर को त्रिवि ले खुलाएको फर्म खुलाउन जोडदार माग समेत गरेको छ।

वाणिज्य क्याम्पस मा अध्ययनरत  विद्यार्थी  हरुको बुझ्ने पर्ने कुरा आजको अटोनोमस का कार्यक्रम को प्रभावकारिता पनि देखिएकै छ त्यसको परीक्षा प्रणाली अनि पढाउने शिक्षक देखि त्यसको गुणस्तर लगायत विषयमा बारम्बार विद्यार्थि संगठन ले कुरा उठाएको थियो तर विडम्बना क्याम्पस प्रसासन ती मुद्दा लाई कुल्चेर त्रिवि अन्तर्गत को कमजोर आर्थिक अवस्था भएका  विशेष गरी लुम्बिनी प्रदेशकै विद्यार्थि लाई अध्ययन गराउने संस्था लाई स्वायत्तता को नाममा हाल सञ्चालन भई रहेका विषय पोहोर साल बिबिएस अनि  अहिले  एमबियस विषय हटाउन खोजेर ती हजारौं विद्यार्थि ले कमाएको विरासत लाई हटाउने मेट्ने प्रयत्न कुनै हालतमा जायज हुनै सक्दैन  तसर्थ  जायज माग प्रति  यतिका दिन सम्म पनि क्याम्पस  प्रशासनले  कुनै चासो  नदेखाएको र पूरा बेवास्ता गरेकाले बाध्यात्मक कदमको रुपमा क्याम्पस प्रमुखको कार्य कक्षमा संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेका छौ विद्यार्थीका उक्त  जायज मागहरु बिना सर्त तुरुन्त  पूरा नहुदा सम्म तालाबन्दी फिर्ता नलिने र अझै माग प्रति बेवास्ता गरिएमा लगातार आन्दोलनका कार्यक्रमहरु संयुक्त रुपमा नै गर्ने घोषण गर्ने कुराको पनि चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्