नेता टोपबहादुर रायमाझीसहित ४ पूर्वमाओवादी नेता माओवादी नरहेको ठहर

| २०७८ सावन १८ गते २२: १० मा प्रकाशित

काठमाडौं । आफूहरु माओवादी नै रहेको भन्दै सर्वोच्च अदालतमा मुद्धा दायर गरेका पूर्वमाओवादीहरुको मागबमोजिम आदेश दिन नमिल्ने सर्वाेच्च अदालतले फैसला गरेको छ । साउन १३ गते नेकपा एमालेमा प्रवेश गरेका ४ पूर्वमाओवादी नेताहरुले दायर गरेको मुद्धाबमोजिम आदेश दिन नमिल्ने भन्दै सर्वाेच्चले सांसद पद पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले एमाले नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद पुनर्बहालीको अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

स्पष्टीकरणको मौका दिई सांसद पदबाट हटाएको देखिएको भन्दै सर्वोच्चले अन्तिम सुनुवाइका बेला बाँकी विवाद निरुपण हुने भनि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

अहिले चारै जना नेता ललितपुरको च्यासलमा एमालेको स्थायी कमिटी बैठकमा सहभागी छन् ।न्युज २४ बाट 

प्रतिक्रिया दिनुहोस्