सूर्य थापाको टिप्पणी : पाखुरा समाउँदै लैजानेलाई नि मन्त्री चाहिने होला

| २०७८ भदौ ३ गते १५: १८ मा प्रकाशित

 काठमाडौं। नेकपा (एमाले) का प्रभावशाली नेता सूर्य थापाले सरकारमा जानको लगि माधव नेपालले पार्टी विभाजन गरेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत थापाले लेखेका छन्–”सत्तरीकाे हाराहारीका तीन बुढाहरू माधव कु. नेपाल, डा. बेदुराम भुसाल र मुकुन्द न्याैपानेद्वारा पार्टी स्थायी कमिटी सदस्यकाे रूपमा विभाजनकाे अगुवाई गरिएकाे छ। याे कदम ‘दाम्लाे चुँडाएरैे..’ भएपनि एकएक थान मन्त्री हुन/बनाउन हाे।पाखुरा समाउँदै लैजानेलाई नि चाहिने हाेला! आफ्नै लागि फुट!

हिजोमात्रै नेकपा (एमाले) विभाजन गरेर माधव नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले (समाजवादी) निर्वाचन आयोगमा दर्ताको लागि निवेदन दिएका छन् । नेपाल समूह सरकारमा पनि सहभागी हुने भएको छ । त्यसको लागि आज प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधव नेपालले भेटवार्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्