मेगा बैंकद्धारा मन्दिर परिसरमा सरसफाई

| २०७८ भदौ १२ गते १९: ५४ मा प्रकाशित

अनिल खत्री,गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा रहेको मेगा बैंक तम्घास शाखाले मन्दिर सरसफाई गरेको छ । बैंकले शनिवारको दिन पारेर जिल्ला सदरमुकाम तम्घासमा रहेको तम्घासस्थान मन्दिर परिसरमा सरसफाई गरेको हो । 

मेगा बैंक तम्घास शाखा बैंकका कर्मचारीहरु मिलेर मन्दिर परिसरमा सरसफाई गरिएको बैंकका शाखा प्रमुख कालिदास पाण्डेले बताए । बैंकले सामाजिक उत्तर दायित्व वहन गर्र्दै मन्दिर परिसरमा सरसफाई गरिएको पाण्डेले बताए । 

कोरोना भाइरस को प्रभाब रहेता पनि मन्दिर परिसरमा फोहोर नहोस भनेर सरसफाई गरिएको बैंकले जनाएको छ । बैंकले सामाजिक उत्तर दायित्व अन्य क्षेत्रहरुमा पनि यस्तै कार्यक्रमहरु गर्दै जाने पाण्डेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्