आफैंले ओढेको छाताले बिजुलीको तार छोईंदा गुल्मीमा गाई चराउने क्रममा करेन्ट लागेर एक जनाको मृ'त्यु

| २०७८ भदौ १३ गते १७: २३ मा प्रकाशित

गुल्मी । गाई चराउने क्रममा करेन्ट लागेर गुल्मीमा एक जनाको मृत्यु भएको छ । मदाने गाउँपालिका–२ सैरेका १८ वर्षीय विक्रम राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आइतबार दिउँसो जंगलमा गाई चराउने क्रममा आफैंले ओढेको छाताले बिजुलीको तार छोइएर करेन्ट लागेको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ इलाका प्रहरी चौकी पुर्कोट दहबाट टोली खटिएको छ ।अनलाइन खबर 

 

प्रतिक्रिया दिनुहोस्