यो लोभी,पापीहरुको सरकार हो, यसले केही गर्न सक्दैन् : एमाले नेता रायमाझी

| २०७८ भदौ १९ गते १५: १२ मा प्रकाशित

काठमाडौं, १९ भदौ । नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसक्ने बताएका छन् । 

उनले वर्तमान सरकार लोभी/पापीहरुको सरकार भएको बताएका छन् । आज नेकपा (एमाले) ले काभ्रेमा आयोजना गरेको बृहत्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अब एमालेले नै विकास र समृद्धिको नेतृत्व गर्ने दाबी गरे ।

उनले अब हिजोको विचार नभएको भन्दै अब नयाँ विचारको संघर्ष सुरु भएको बताए । उनले वर्तमान सरकारले भदौ २२ गतेपछि पनि पूर्णता पाउनेमा आशंका व्यक्त गरे । उनले नेकपा फुटमा पनि नेताहरुको व्यक्तिगत आकांक्षा नै ठूलो कारण भएको बताए । उनले आफूहरुले नेकपा एकताको लागि धेरै मेहनत गरेको पनि स्मरण गराए । तर, नियत नै खराब भएका नेताहरुको कारण एकता बचाउन नसकिएको उनको गुनासो थियो ।

 उनले प्रचण्ड र माधव नेपालले अनेक हर्कत गरेको पनि आरोप लगाए । उनले आफ्नो पार्टीको अध्यक्षको विपक्षमा प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाएर गलत काम गरेको भन्दै माधव नेपालको आलोचना समेत गरे ।स्रोत- रिपोर्टर्स नेपाल 

प्रतिक्रिया दिनुहोस्