वर्तमान सरकार विदेशी शक्तिकेन्द्रको आडमा गठित स्वार्थ समुह : नेता नजिर मिया

| २०७८ भदौ १९ गते २०: ४१ मा प्रकाशित

बुटवल ।नेकपा एमाले केन्द्रीय सदस्य  नजिर मियाले वर्तमान सरकार विदेशी शक्तिकेन्द्रको आडमा गठित स्वार्थ समुह रहेको आरोप लगाएका छन । 

नेकपा एमाले अर्घाखाँची  मालारानी रुपन्देही सम्पर्क मञ्चको अगुवा कार्यकर्ता भेला तथा दोस्रो अधिवेसन  बुटवलको कार्यक्रममा  प्रमुख आतिथी नेकपा एमाले केन्द्रीय सदस्य  नजिर मियाले  मन्तव्यको क्रममा  पार्टि अध्यक्ष केपी  शर्मा ओलि नेतृत्वको सरकारले  विकासको काम तिब्र गतिमा गरिरहेको र उहाँको काम देखेर भोलिका दिनमा अरुको नाम नै नआउने भए पछि नेकपा एमालेको नेतृत्वको सरकार जसरिपनि ढाल्ने र  पार्टि फुटाल्ने काममा माधव नेपाल प्रयोग हुनु दुखद रहेको बताउदै वर्तमान सरकार विदेशी शक्तिकेन्द्रको आडमा गठित स्वार्थ समुह रहेको आरोप लगाएका हुन ।

नेता मियाले स्वार्थको लागि मात्रै माधव नेपालले पार्टि बिभाजन गराएको हुनाले उनि कदापी सफल नहुने बताए । उनिहरू संग स्वार्थ बाहेक  कुनै सिद्धान्त नभएकोले कार्यकर्ताहरू कुनै भ्रममा नपरि  नेकपा एमालेमा गोलबन्द हुन समेत आग्रह गरे।

अतिथिहरुमा अर्घाखाँची जिल्ला कमिटि सदस्य खुविराम आचार्य, अर्घाखाँची रुपन्देही जिल्ला  सम्पर्क मञ्चको अध्यक्ष  डवल विसि,मालारानी गाँउपालिका कमिटी सचिव डण्डपाणि पोख्रेल , अर्घाखाँची रुपन्देही जिल्ला सम्पर्क मञ्चका सह सचिव तथा मालारानी रूपन्देही सम्पर्क मञ्चका इन्चार्ज  विक्रम खनाल ,राष्ट्रिय युवासंघ केन्द्रीय सचिवालय सदस्य शोभाखर पाण्डेय लगाएताका नेताहरुको आतिथ्यता तथा शुभकामना मन्तव्य रहेको थियो ।

भेलावाट  लेखनाथ खनाल अध्यक्ष, निरज आचार्य   र तुल्सि खनाल उपाध्यक्ष , विशाल पन्थि सचिव, सागर खड्का सहसचिव र महेश पोखरेल कोषाध्यक्ष सहितको पदाधिकारी र १५ जनाको सचिवालय सहित ४५ सदस्यिय सम्पर्क मञ्च गठन गरिएको मालारानी गाँउ कमिटी  सचिव डण्डपाणि पोख्रेलले बताएका छन ।

सम्पर्क मञ्चका निवर्तमान अध्यक्ष नारायण पौडेलको अध्यक्षता रहेको कार्यक्रमको  सञ्चालन निरज आचार्य रहेको थियो भने कार्यक्रममा उमेश कुँवरले  स्वागत मन्तव्य बाट सहभागिहरूलाइ स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्